सामुदायिक वन समन्वय समिति दोभानको साधारणसभा सम्पन्न
बुटवल, असोज १३ । सामुदायिक वन समन्वय समिति दोभान पाल्पाको नवौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटज गर्दै जिल्ला वन अधिकृत सुरेश सिंहले जलवायु परिवर्तनको असरसँग जुध्नका लागि वन संरक्षण जरुरी रहेको बताए ।
वन, वातावरण, जैविक विविधताको संरक्षणमा समन्वय समितिले गरेका क्रियाकलापको उनले प्रशंसा समेत गरे । सो अवसरमा अर्घाछाप सामुदायिक वन र आर्दश महिला सामुदायिक वनलाई सम्मान गरिएको छ ।
समन्वय समितिका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता, सचिव दलबहादुर गुरुडको सञ्चालनमा भएको साधारणसभामा दोभान गाविसका सचिव यादवप्रसाद अर्याल, गाविसका पूर्व अध्यक्ष लक्ष्मण थापा, पत्रकार माधव अर्याललगायतले बोलेका थिए । साधारणसभामा समितिका व्यवस्थापक मेघनाथ घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने धन्यवाद उमा पाठकले गरेकी थिइन् ।
Posted by Butwalonline
on 7:57 PM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response