शिर्ष दलहरु निर्वाचनको वाहनामा मुलुकमा दुर्घटना निम्त्याउने षडयन्त्रमा-आङकाजी
बिनोद परियार,रुपन्देही,१२ असोज । नेपाल आदिवासि जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले जातिय पहिचान ग्यारेन्टी गनेृ गरि संविधानसभा पुर्नस्थापना गर्नुपर्ने बताउनुभएको छ । शिर्ष दलहरु निर्वाचनको वाहना गरेर मुलुकमा समस्या निम्त्याउने षडयन्त्र लागेको बताउदै मुलुकको निकासका लागि अहिलेको उत्तम विकल्प संविधानसभा पुर्नस्थापना भएको उहाको जिकिर छ । नेपाल आदिवासि जनजाती पत्रकार संघ(अनिज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव शेर्पाले यस्तो बताउनुभएको हो । उहाले भन्नुभयो – पुर्व सर्त सहित छोटो समयका लागि पुर्नस्थापना गरिनुपर्छ ।’ चुनावको ढोङ्ग देखाएर दलहरुले देशको ढुकुटी रित्याउने दाउमा रहेको बताउदै त्यसका विरुद्ध जनजाती महासंघ देश दौडाहामा निस्केको उहाको भनाई छ । महासचिव शेर्पाले संविधान सभा विघटन हुनुमा माओबादी,काग्रेस एमाले जिम्मेवार भएको बताउनुभयो । त्यसमा पनि ठूलो पार्टीको नाताले माओबादी मुख्य बाधक भएको उहाको भनाई छ । उहाले कुनै पनि दल निर्वाचनमा जान नचाएकाले मुखैले भन्दैमा नया निवार्नचन सम्भव नभएको दावी गर्नुभयो ।
शिर्ष दलका नेताले जातिय पहिचानलाई लत्याएर फेरी पनि सामन्ती राज्यब्यवस्था लागु गर्ने षडयन्त्रमा लागेकाले आफुहरु बैकल्पिक शक्ति निर्माणमा जुटेको समेत बताउनुभयो । बैकल्पिक शक्ति निर्माणको अभियानमा लागेको बताउदै असोज १८ भित्र सबैदलका जनजाती नेताहरुले पार्टी परित्याग गर्ने उहाले जानकारी दिनुभयो । पार्टीको नाम संघिय समाजबादी हुने उहाको भनाई छ । दलहरुको अडानका कारण मुलुक भुटानीकरण र सिक्कीमीकरणको खतरामा रहेको बताउदै मुलुको निकासका लागि आफुहरु बहुपहिचानका आधारमा राज्यपुर्नसंरचना गर्न तयार रहेको बताउनुभयो । शेर्पाले जनजातीको पक्षमा आवाज उठाउन विभिन्न आरोप लगेको बताउदै जस्तोसुकै धम्की र आरोप आएपनि जनजातीको पक्षमा आवाज उठाउन पछि नहट्ने बताउनुभयो । पत्रकार सम्मेलन अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङको अध्यक्षता,सचिव टेक मास्की रानाको संचालन एंव उपाध्यक्ष हिकमत चौधरीको स्वागतमा सम्पन्न भएको थियो ।