|

एकीकृत माओवादीद्वारा पूर्व राजाको भ्रमण रोक्ने चेतावनी

पोखरा आश्विन ४ । गण्डकी र धौलागिरी अञ्चलका बिभिन्न जिल्लाका शक्ति पीठहरुको दर्शन र सर्वसाधारणसंग भेटघाटका लागि पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा जांदै हुनुहुन्छ । पूर्व राजा आज दिउँसो पोखरा पुग्ने र त्यहाँ भब्य स्वात गर्ने तयारी भएको प्रचार–प्रसार उपसमितिका संयोजक अर्जुनबहादुर बस्नेतले जानकारी दिनुभयो । भ्रमण अवधिभर पूर्व राजा ज्ञानेन्द्र लेकसाईडस्थित फिस्टेल लजमा बस्ने बताइएको छ । असोज ५ गते पूर्व राजा म्याग्दीको बेनी जाने र त्यहाँस्थित भर्तिकल बम शिवालय र गलेश्वर महादेव मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ । यस्तै ६ गते बाग्लुङ्ग कालिका र पर्वत, कुश्मास्थित गायत्रीमाताको दर्शन तथा पूजा गर्ने कार्यक्रम रहेको छ । यस्तै असोज ७ गते स्याङ्जाको गुठखोलास्थित धनुशेश्वर महादेव र ८ गते तंनहुको दमौलीस्थित पञ्च मन्दिरमा पूर्व राजाले पूजा गर्ने कार्यक्रम रहेको छ । असोज ९ गते पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनीमा दर्शन तथा पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । पूर्व राजाको भ्रमणलाई सफल बनाउन शिक्षाविद् एवं तत्कालीन राजसभा स्थायी समितिका सभापति गणेशबहादुर गुरुङको संयोजकत्वमा १२ सय ८० जना सम्मिलित समिति गठन भएको छ ।

यसैबीच, एकीकृत माओवादीले भने पूर्व राजा ज्ञानेन्द्रको पश्चिमाञ्चल भ्रमणको विरोध जनाएको छ । एमाओवादीको कास्की जिल्ला कमिटीले पूर्व राजाको भ्रमणको विरोधमा हिजो पोखराका विभिन्न चोकमा कोणसभा गर्दै पूर्व राजाको भ्रमण रोक्ने चेतावनी दिएको हो । सर्वसाधारणले भने पूर्व राजालाई अन्य नेपाली सरह देशभित्र घुमफिर गर्ने अधिकार भएको भन्दै एमाओवादीले अनावश्यक राजनीति गर्न खोजेको बताएका छन् ।समाचार इमेज च्यानल बाट 

Posted by Butwalonline on 8:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एकीकृत माओवादीद्वारा पूर्व राजाको भ्रमण रोक्ने चेतावनी "

Leave a reply