बोक्सीको आरोप लगाउँदै एक महिलालाई चरम यातना
असोज ५-महोत्तरीको पडौल गाविसमा एक महिलालाई आफ्नै नातेदारहरुले बोक्सीको आरोप लगाउँदै चार वर्षदेखि यातना दिँदै आएका छन्।
पडौल गाविस- १ बस्ने वर्ष ३५ की चन्द्रकला देवीलाई निजकै आफन्तहरुले बोक्सी भन्दै चार वर्षदेखि कुटपिट, गाली बेइज्जती र पटकपटक बहिष्कारसमेत गर्दै आएको कुरा वडा- २ का कारी यादवले बताए।विसं २०६५ देखि नै चन्द्रकलाको टोलमा कोही बिरामी वा कसैलाई कुनै प्रकारको दुःख पीडा परेमा उनले नै जादु गरेको भन्दै आफूले धेरैपटक कुटपिट तथा गालीगलौज सहनुपरेको पीडितले बताएकी छिन्।
कुटपिट, गालीगलौज र बहिष्कारको सिकार हुँदै आएकी चन्द्रकलालाई स्थानीय आफन्त र छिमेकीहरुले मलमुत्र खुवाउने योजना बनाइरहेका निजका पति वीरेन्द्र मण्डलले गुनासो गरे।चन्द्रकला बोक्सी नरहेको बारेमा निजका आफन्त, छिमेकी र उनका बीचमा प्रहरी, मानवाधिकारवादी सङ्घसंस्था तथा भद्र भलाद्मीले पटकपटक सहमति गराइदिए पनि उनीमाथिको अत्याचार अझै जारी रहेको मण्डलको भनाइ छ। रासस
समाचार नागरिक न्यूज बाट