पश्चिम नेपाल बस ब्यवसायी संघको निर्वाचनका लागि उम्मेदवारको घोषणा
बुटवल असोज ५ - पश्चिम नेपाल बस ब्यवसायी संघको १८ औं अबिधेशन तथा नयाा नेतृत्वको निर्वाचनका लागि लोकतान्त्रीक यातायात ब्यवसायी राष्ट्रिय मंचले आफ्ना सम्पुर्ण उम्मेदवारको घोषणा गरेको छ ।मंचको भेलाले संघका सम्पुर्ण रुटहरुमा शुक्रबार उम्मेदवार घोषणा गरेको हो ।
जस अनुसार बुटवल–बर्दघाट माइक्रो रुटमा सागर रिजाल, बुटवल–भैरहवा माइक्रोमा बिरेन्द्रमणि तुलाधर र सुर्य ढुंगाना, भैरहवा–काठमाण्डौ दिवामा छविलाल लामिछाने र चन्द्रज्योति बस्याल, रात्रीमा ऋषिराम डुंम्रे र ओमबहादुर मल्ल( अनुप)लाई उम्मेदवार बनाउने निर्णय गरिएको संघका पुर्व अध्यक्ष तथा मंचको निर्वाचन परिचालन संयोजक तुल्सीराम बन्जाडेले जानकारी दिनुभएको छ ।
यसअघि मंचले संघका बर्तमान उपाध्यक्ष नारायण घिंमिरेको नेतृत्वमा निर्वाचनमा उम्मेदवार बन्ने पदाधिकारीहरुको नामावली घोषणा गरेको थियो ।