नक्कली सहिछाप गरि भ्रष्ट्राचार गर्न खोजेको आरोप
राधेश्याम बिश्वकर्मा,भैरहवा, असोज १२-बिभिन्न ब्यक्तिहरुको नक्कली सहिछाप गरि बिण्णुपुरा गा.वि.स. का एक ब्यक्तिले भ्रष्ट्राचार गर्न खोजेको त्यहाका बासिन्दाले आरोप लगाएका छन । भुमिगत जलश्रोत बिकास समिति, शाखा कार्यालय बुटवलले प्रदान गर्ने टयूब बेल को लागी सम्बन्धित क्षेत्रका ब्यक्तिहरु बसी भेला गरि टयूब बेल माग गर्ने ब्यावस्था रहेकोमा बिण्णुपुरा गा.वि.स. ५ बस्ने मोहन प्रसाद अहिरले गाऊ भेला नगरि घरमै बसी सबै गाउलेको नक्कली सहिछाप गरेको स्थानिय राम अवतार यादव समेतको आरोप रहेको छ ।
निज मोहन अहिरले भाद्र २१ गते जगत बहादुर थापा, यम बहादुर थापा लगायत ७५ जनाको उपस्थिति देखाइ स्यालो टयूबबेल माग, जग्गाको लगत कायम गर्ने, गा.वि.स. बाट सिफारीस माग गर्ने लगायतका निर्णयहरु गर्दा उपस्थित ब्यक्तिहरुको सहिछाप तथा रोजगारको लागी बिदेश एवम स्वदेशकै बिभिन्न ठाउमा भएका ब्यक्तिहरुको समेत सहछिाप आफैले गरि स्यालो टयूबबेल माग गरि हिनामिना गर्न खोजेको आरोप लगाएका छन । नक्कली सहीछाप गरि प्राप्त हुने सम्पूर्ण टयूबबेल आफु निकट ब्यक्तिहरुलाई बाडन तथा बिक्रि गर्ने नियत राखी यादवले जालसाजी गर्न खोजेको आरोप लगाउदै निजले किर्ते तथा जालसाजी गरि सहिछाप गरेकोले कार्यवाही गरि पाउ भनि जगत बहादुर थापा समेत गरि ३६ जनाले जिल्ला प्रशासन कार्यालय रुपन्देहिमा उजुरी समेत दिएका छन । यस सम्बन्धमा मोहन अहिर संग सम्पर्क गर्दा वहााले सो बैठकमा आफुले पनि उपस्थितिमा सहि छाप गरि हिडेकोले बैठकमा के के निर्णय भयो आफुलाई समेत थाहा नभएको र यो सबै घटना राजनैतिक प्रतिशोधको भावनाले प्रेरित भई बिपक्षीहरुले गरेको आरोप लगाउनु भएको छ ।