|

मालपोत कार्यालय भ्रष्टाचारको अखडा,सेवाग्राहीहरुलाई अनावश्यक दु:ख

राधेश्याम बिश्वकर्मा,भैरहवा, असोज १२-आनन्दवन बस्ने पार्वती थापाको सबै प्रमाण हुदा हुदै पनि जग्गा पारीत हुन नसके पछि दिक्क मान्दै फर्किन बाध्य हुन परेको बताउनु भयो | रजिष्ट्रेशन फाटका कर्मचारीले आफुलाई चारकिल्ला सिफारीस नमिलेको भनि अनावश्यक दुख दिएको उनको गुनासो थियो ।मालपोत कार्यालय भ्रष्टाचारको अखडा भएको तथा बर्षौ देखि कर्मचारीहरु मालपोत कार्यालयमै बसेको र सरुवा भए पनि सरुवा भएको ठाउमा नगई आलटाल गरि बसेको भनि बिभिन्न संचारमाध्यमबाट समाचार सम्प्रेषण भएको झोकमा अहिले कर्मचारीहरुले मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई अनावश्याक दु:ख दिने गरेका छन ।

कागजातमा भएको सामान्य भन्दा सामान्य त्रुटीलाई ठूलो भुल भएको देखाई सेवाग्राहीलाई दुख दिने गरेको नाम उल्लेख नगर्ने शर्तमा लेखापढी ब्यावसायीहरु बताउछन । घर जग्गा तथा धितोबन्धक पारीतमा लाग्ने चारकिल्ला सिफारीसमा चारकिल्ला खुलेको तथा घर नभएको उल्लेख भई आए पनि बाटो उल्लेख गर्नु पर्ने, मालपोतले आफै त्रुटी गरेको कागजातलाई समेत बिभिन्न बहाना बनाई काम गर्न आलटाल गर्ने, घर कायम, फोटो टाास, तिनपुस्ता कायम लगायतका काममा दुख दिने गरेको छन भने घुस लिई यस्ता केही प्रमाण नहेरी काम गरि दिने गरेको सेवाग्राहीहरुको गुनासो रहेको छ ।

बैंकहरुले पारीत गर्ने धितोबन्धकको लिखतमा समेत चारकिल्ला सिफरीस,धितो मूल्याङ्कन, कर चुक्ता प्रमाण पत्र लगायत अन्य अनावश्याक कागजात माग्ने गरेकोमा धितो पारीत गर्न यी कुनै पनि कागजात आवश्याक नपर्ने बैंककर्मिहरु बताउछन । उनिहरुका अनुसार मालपोत कार्यालयले ताकेको रकमको राजस्व लिई जग्गा रोक्का गर्नु मात्र हो ना की बैंकलाइ चाहिने आवश्यक कागजात मालपोतले माग्ने । मालपोत कार्यालयमा हुनेयता मालपोतकै कर्मचारीहरुका अनुसार यस्ता सजिलो गरी हुने कामहरुलाई गरि दिनु पर्ने हो तर अनियमितता गर्न पल्केका केही कर्मचारीहरु घुस खान नपाएको निहुमा सेवाग्राहीहरुलाई अनावश्यक दुख दिने गरेको बताउछन ।

Posted by Butwalonline on 7:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मालपोत कार्यालय भ्रष्टाचारको अखडा,सेवाग्राहीहरुलाई अनावश्यक दु:ख "

Leave a reply