गाबिस सचिवद्धारा आन्तरिक लेखा परिक्षण गराउन ढिलासुस्ती
कपिलवस्तु, १४ असोज,कपिलवस्तुका ६७ गाबिसले गत आर्थिक बर्षको हालसम्म आन्तरिक लेखा परिक्षण गराएका छैनन । आउने कार्तिक भित्र आन्तरिक लेखा परिक्षण गराई सक्नु पर्ने प्रावधान रहे पनि गाबिस अधिकान्स गाबिस सचिवले सो परिक्षण गराएका छैनन ।
जिबिसको आन्तरिक लेखाफााट अनुसार हालसम्म १० गाबिसले मात्र लेखा परिक्षण गराएका छन् । लेखा परिक्षण गराउने गाबिसहरुमा बुढ्ढी, राजपुर, भलवाड ,मोतिपुर, महारजगंज, बरईपुर, हरिहरपुर, बाणगंगा, हदौना मात्र रहेका छन् । लेखा परिक्षण गर्न ढिलासुस्ती देखिए पछि जिबिसले स्थानीय स्वयत्त शासन ऐन र नियमावली अनुसार स्याहा श्रेस्ताचहरु सहीत आर्थिक प्रतिबेदन यथाशीघ्र पठाउन गािसब सचिवलाई निर्देशन दिएको छ ।
यस्तै ७७ गाबिस मध्ये आधा गाबिस सचिवले हालसम्म आय ब्यय प्रतिबेदन बुझाएका छैनन । आय ब्यय प्रतिबेन नबुझाउने गाबिसहरुको निकासा रोक्का गर्ने जिबिस लेखा फााटले जनाएको छ ।
Posted by Butwalonline
on 6:06 PM. Filed under
Economy,
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response