|

मालपोत कार्यालयका महत्वपूर्ण कागजातहरुमा कीरा,धमीरा ?

किरणमान बज्रचार्य,कपिलवस्तु १४ असोज मालपोत कार्यालय कपिलवस्तुको तामेली फााटमा रहेका  कागजातहरु सडेगलेर नष्ट भएका छन् । फााटमा रहेका महत्वपूर्ण पुराना कागजात धमीरा,कीरा लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

फााटका छत र झ्यालबाट पानी पस्ने र चुहिनाले  समेत अत्यावश्यक कागजातहरु कुहिने गन्हाउने अवस्थामा पुगेका छन् । कोठा अभावका कारण तामेली फााटमा कागजातहरु कोचेर अस्तब्यस्तरुपमा राखिएका छन् । बर्षो देखि मर्मत अभावले जीर्ण बनेको तामेली फााटमा वायरिङ बिग्रदा फााटै अन्धकार बनेको छ ।  कागजात, फाईलका पोका च्यातिएर कोठा भरी छरिएर अस्तब्यस्त अवस्थामा छन् ।

वि.सं. १९८८ देखि २०६५ साल सम्मका पूराना राजिनामा, अडसठ्ठा, खेस्रा, भूमी प्रशासनको राजिनामा, मिसिल, जमिन्दारी दर्ताका मिसिलहरु काम नलाग्ने अवस्थामा पुगेको मालपोत कार्यालयले जनाएको छ । त्यस्तै दर्ता मिसिलको ट्रिमिनलको २०२१ सालको मिसिलहरु लगायतका प्रमाणका लागि महत्वपूण मानिएका कागजातहरु नष्ट भई दुरावस्थामा पुग्दा प्रमाण माग्न आउने सेवाग्राही निकै मर्कामा परेका छन् ।

 जिल्लाको सुदुर पश्चिमी गाबिस शिवगढीबाट राजीनामा हराएकाले प्रमाण बनाउन आएका कुल बहादुर रोकाएले मालमा कागज नभेटिदा आफू निकै समस्यामा परेको बताए । ‘दर्जनौ पटक कार्यालमा धाए, तर कार्यालयमा प्रमाण भेटिएन ।’घर देखि ६० किमि लामो यात्रा तय गरी आउने गरेका रोकायाले कार्यालयको लापरवाहीले गर्दा आफूलाई हुनै सम्म मर्का पारेको दुखेसो पोखे ।

कार्यालयमा दिनहु प्रमाण माग्न सेवाग्राही आईरहे पनि कागज नष्ट भएकाले नभेटिदा आफू हैरान भएको तीन बर्ष देखि तामेली फाट हर्दै आएका कार्यालय सहायक राकेश कुमार चौधरीले बताए । ‘ फााटका कागजहरु सडेर नष्ट भईसकेका छन्, बाकी रहेका केही कागज समेत अस्तब्यस्त भएकाले भेटिदैनन् ।’ कार्यालय सहायक चौधरीले फााटका सडेगलेका कागज तर्फ ईशारा गर्दै भने । कागज नभेटीदा आफूले सेवाग्राहीको दिनहू गाली र हप्की खान परी रहेको भन्दै तामेली फााट ब्यवस्थित  गर्न कार्यालय प्रमुख लाई जानकारी गराउदा समेत कूनै सुनुवाई नभएको गुनासो गरे ।

 मालपोत कार्यालयका प्रमुख मुकुन्द ढकालले तामेली फााटकापुराना कागजातहरु ब्यवस्थित नभएको स्विकार गरे । ‘ सकेसम्म कागजातहरुलाई खोजिएको छ, तर कतिपय पुरना कागजातहरु सडेगलेर डल्ला परीसकेकोले  खोज्न अप्ठयारो परेको छ । ।’ उनले भने । दुई बर्ष देखिका कागजातहरु भने ब्यस्थित र सुरक्षित गरी राखिएको उनले बताए ।

Posted by Butwalonline on 6:04 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मालपोत कार्यालयका महत्वपूर्ण कागजातहरुमा कीरा,धमीरा ?"

Leave a reply