|

हिन्दू महिलाहरुले आज ऋषिपञ्चमी पर्व मनाउँदै

काठमाडौं, आश्विन ४ ।  हिन्दू महिलाहरुले आज ऋषिपञ्चमी पर्व मनाउँदैछन् । यस पर्वमा ब्रतालु महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाई ३ सय ६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने गर्दछन् । मध्याह्नमा ब्रतालु महिलाले वशिष्ठ ऋषिकी पत्नी अरुन्धतीसहित सप्तऋृषिको पूजा गर्ने र ब्राह्मणलाई दान दक्षिणा दिने चलन छ । महिलाहरुले सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गर्ने गर्दछन् ।

ब्रतालुले आज कर्कलाको तरकारीसँग एक छाक मात्रै खाने गर्छन् । आजका दिन पतिब्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत सबै दोष नाश भई यस लोकमा सुख समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने धार्मिक विश्वास छ । पूजापछि नाचगान तथा भजनकीर्तन गरी तीजको ब्रत समापन गर्ने गरिन्छ । यस अवसरमा आज बिहानैदेखि काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा ब्रतालु महिलाहरुको ठूलो भीड लागेको छ ।समाचार इमेज च्यानल बाट

Posted by Butwalonline on 6:04 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हिन्दू महिलाहरुले आज ऋषिपञ्चमी पर्व मनाउँदै"

Leave a reply