नवौं मीनबहादुर शेरचन रनिङकप आयोजक थासाङ युवा परियारलाई
प्रेम न्यौपाने,पोखरा, १३ असोज। पोखरामा सञ्चालित नवौं मीनबहादुर शेरचन रनङिकपको उपाधि डिफेण्डिङ च्याम्पियन आयोजक थासाङ युवा परिवारले हात पार्न सफल भएको छ। थासाङ युवा परिवार नदीपुर पोखराको आयोजनामा थकाली सेवा समिति नदीपुर प्रा·णमा अन्तिम दिन शनिबार भएको पााच डोरको खेल समाप्तिसागै पुरुष टीमतर्फ २३७ अड्ढसहित थासाङ युवा परिवारले उपाधि हात पार्न सफल भएको हो।
प्रतियोगितामा २३४ अड्ढ जोडेको नेपाल मगर सङ्घ कास्की दोस्रो तथा २२९ अड्ढसहित किराात सेवा समाज तेस्रो भएको छ।प्रथम हुने टीमलाई नगद १५ हजार, द्वितीय हुनेलाई नगद १० हजार र तृतीय हुनेलाई नगद सात हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।प्रतियोगितामा ८८ अड्ढ जोड्न सफल असीम शेरचन सर्वश्रेष्ठ धनुर्धर घोषित भए भने सर्वाधिक पााच खोल हानेर शेरचन नै विशिष्ट धनुर्धर घोषित भए।
महिलातर्फको व्यक्तिगत खेलमा ६१ अड्ढ जोड्दै रेणु तामाङ प्रथम, ५६ अड्ढ जोड्दै राज्यलक्ष्मी जोशी द्वितीय तथा ५५ अड्ढ जोडेकी सरस्वती गुरुङ तृतीय भए। महिलातर्फको प्रथमलाई नगद १५ सय, द्वितीयलाई नगद एक हजार तथा तृतीयलाई नगद सात सय, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताअन्तर्गत पहिलो दिन १० डोर तथा अन्तिम दिन पााच डोरको खेल खेलाइएको थियो।
विजेता खेलाडीहरूलाई प्रमुख अतिथि सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति एवं प्रहरी नायव महानिरीक्षक प्रेमकुमार शाही, पुरुष प्रतियोगिताका मुख्य प्रायोजक मीनबहादुर शेरचन, महिला प्रतियोगिताका मुख्य प्रयोजक थकाली किचनका बसन्त गौचन साकुरा, थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचन, नेपाल आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष हरिध्वज तुलाचन, थकाली सेवा समितिका केन्द्रीय सदस्य किरण भट्टचनलगायतले पुरस्कार प्रदान गरेका थिए।
सो अवसरमा नेपालको पहिलो आर्चरी क्लब अन्नपूर्ण आर्चरी क्लब पोखराका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन र आर्चरी रनिङकपका मुख्य प्रायोजक मीनबहादुर शेरचनलाई अन्नपूर्ण आर्चरी क्लबका अध्यक्ष किशोरकुमार गुरुङले मायाको चिनो प्रदान गरेका थिए।
थासाङ युवा परिवारका अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण गौचनले गरेका थिए।शुक्रबारदेखि सञ्चालित पुरुषतर्फको प्रतियोगितामा आठ टीम तथा महिला व्यक्तिगततर्फ पााच जना खेलाडीको सहभागिता रहेको थियो।
