|

राजनीतिक दलहरुद्वारा गुल्मीमा १० बर्षसम्म बन्द हड्ताल नगर्ने प्रतिवद्धता


गुल्मी असोज १४ - जिल्लामा कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउन गुल्मीका राजनीतिक दलहरले १० बर्षसम्म बन्द हड्ताल नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जिल्लालाई कृषिको नमुना र आत्मनिर्भर जिल्लाका रुपमा स्थापित गर्न उनीहरुले १० वर्षे कृषि अवधारणापत्र तयार गरी सरकारलाई पेस पनि गरेका छन् । राजनीतिक दलले आधुनिक कृषि प्रणालीअनुसार कृषि उत्पादन गरी १० वर्षमा १६ हजार घर परिवारलाई रोजगारी दिने लक्ष्यका साथ सो कृषि अवधारणा तयार गरेका हुन् ।
स्रोत :ऑनलाइन खबर 

Posted by Butwalonline on 7:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " राजनीतिक दलहरुद्वारा गुल्मीमा १० बर्षसम्म बन्द हड्ताल नगर्ने प्रतिवद्धता "

Leave a reply