|

बुटवलमा पश्चिमाञ्चलमै पहिलोपटक अत्याधुनिक ग्यारेज संचालन


बुटवल १३ असोज । रुपन्देहीको बुटवलमा पश्चिमाञ्चलमै पहिलोपटक अत्याधुनिक प्रविधि सहितको हाईवे अटो भिल्ला संचालनमा आएको छ ।

हलुका सवारी साधन कार,भ्यान,जीप,हायर्स जस्ता गाडीहरुको अत्याधुनिक प्रविधिको प्रयोग गरि मर्मत सम्मार,सर्भिसिङ तथा ओरिजनल स्पेयर पार्टस् उपलब्ध गराने उदेश्यले अटो भिल्ला संचालन भएको हो । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि यस क्षेत्रका सेवाग्राहीको माग अनुसार अटो भिल्ला संचालन गरिएको जनाईएको हो ।

संचालक  रितेश शिलवालले  सामान्य ग्यारेजमा भन्दा सस्तोमा गुणस्तरीय सेवा उपलब्ध गराईने दावी गरे ।

अटोमेटिक ट्रान्स मिसन,फ्युल ईन्डेक्टर टेस्टर जस्ता स्वचालित र कम्प्युटराईज प्रविधिबाट सवारी साधनको समस्या पत्ता लगाई मर्मत सम्मार गरिने उनले बताए । उनका अनुसार दुर्घटनामा परि क्षतिग्रस्त भएका सवारी साधनलाइ छोटो समयमै मर्मत गरि नया रुपा दिईने छ । नेपाली र भारतका दक्ष मेकानिकद्धारा स्पेसल सर्भिस टुल्सको प्रयोग गरि सेवा शुरु गरिएको अर्का संचालक दीपक श्रेष्ठले बताए । पश्चिमाञ्चल विकास क्षेत्रमा अत्याधुनिक प्रविधिबाट पहिलोपटक आफुहरुले सेवा शुभारम्भ गरिएको श्रेष्ठको दावी छ । गाडीमा डेन्टिङ्ग,पेन्टिङ्ग छोटो समयमै अतयधुनिक प्रविधिबाट गर्ने ब्यवस्था गरिएको छ ।

पेन्टिङ्गका लागि यस क्षेत्रका सवारी वाहक राजधानी जानुपर्ने बाध्यता रहेको छ । राजमार्गकै छेउमा संचालित भिल्लाले छिटो र गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ । संचालक श्रेष्ठले सेवाग्राहीको आवश्यकता अनुसार घटनास्थलमै पनि आफुहरु पुग्ने बताए । सामान्य ग्यारेजमा भन्दा कम शुल्कमा आफुहरुले सेवा दिने बताउदै निमित सेवागं्राही र सदस्यता कार्डको आधारमा छुटको ब्यवस्था गरिएको छ । ग्यारेजमा ३० जना कर्मचारीले रोजगारी पाएका छन् । साथै ग्यारेजभित्रै चमेनागृहको ब्यवस्था गरिएको छ ।

Posted by Butwalonline on 8:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा पश्चिमाञ्चलमै पहिलोपटक अत्याधुनिक ग्यारेज संचालन"

Leave a reply