|

उपकार बचत तथा ऋण सहकारी संस्थाको पााचौं साधारणसभा सम्पन्न


प्रेम न्यौपाने ,पोखरा, १३ असोज। उपकार बचत तथा ऋण सहकारी संस्था पोखरा–६ बैदामके पााचौं साधारणसभा शनिबार सम्पन्न भयो।साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवं जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्य पौडेलले सहकारीले गर्दा न्यून आय भएकाहरूको जीविका पनि चलाउन सजिलो भएको बताए। उनले नेपालमा २५ हजार बढी सहकारी भएको र जसले गर्दा बैंकसम्म पहुाच नभएका आम मानिसको समस्या समाधानको मुख्य पाटो बनेको दाबी गरे।

कास्की बचत तथा ऋण सहकारी सङ्घका कोषाध्यक्ष केदार न्यौपानेले बैंक र सहकारी उस्तै उस्तै भए पनि सहकारीमा सबैको बराबर अधिकार हुने बताए। संस्थाका सल्लाहकार एवं साइनिङस्टार आमाविका संस्थापक प्रिन्सिपल नारायणप्रसाद पाण्डेले शेयर सदस्यहरू सबैले आÇनै सहकारीमा कारोबार गर्नुपर्ने आवश्यकता औंल्याए। अग्रज होमबहादुर लामिछानेले सहकारीमा आउने मान्छे असल र इमान्दार भए संस्था फस्टाउन समय नलाग्ने बताए। कैलाश बचता तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवीनराज पौडेल र अन्नपूर्ण आमा समूहकी अध्यक्ष अन्नपूर्ण कुावरले उपकार बचत तथा ऋण सहकारी संस्थाले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले अध्यक्षको प्रतिवेदन, सचिव गुरुदत्त शर्मा दवाडीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विजय पहारीले आर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक कुलप्रसाद सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। यस्तै साधारणसभामा प्रस्तुत कर्मचारी नियमावली र बचत तथा ऋण विनियमावली साधारणसभाले अनुमोदन गरको छ। सो अवसरमा एसएलसी उत्तीर्ण शेयर सदस्यका छोराछोरी सविना तिवारी, राजन पौडेल, सुजिता पहारी, देवी दाहा, प्रदीप पहारी र उदय सुवेदीलाई सम्मानपत्र प्रदान गरिएको थियो।

यस्तै शेयर सदस्य टीकाराम पराजुली उत्कृष्ट ऋणी, युमना पहारी नियमित बचतकर्ता र साक्षी सुमन आचार्य उत्कृष्ट निक्षेपकर्ता घोषित भएका थिए। उत्कृष्ट कर्मचारीको रूपमा व्यवस्थापक ढुण्डराज पौडेल र बजार प्रतिनिधि रिना थापालाईसम्मान गरिएको थियो भने सञ्चालकको तर्फबाट ऋण उपसमितिका संयोजक सूर्यनाथ पहारीलाई सम्मान गरिएको थियो।
पुरस्कृत तथा सम्मानितहरूलाई प्रमुख अतिथि पुण्य पौडेल, कास्की बचतका कोषाध्यक्ष केदार न्यौपाने, संस्थाका अध्यक्ष इन्द्र पौडेल, उपाध्यक्ष जयलाल पौडेल, शिक्षा उपसमितिका संयोजक कृष्णकुमारी घिमिरेलगायतले सम्मान तथा पुरस्कृत गरेका थिए। संस्थामा हाल १४७ जना शेयर सदस्य रहेका छन् भने शेयर चुक्ता पूाजी करिब एक करोड रहेको छ भने निक्षेप एक करोड २० लाख रहेको छ। सोही अवसरमा संस्थाले आÇना शेयर सदस्यहरूलाई १४.५ प्रतिशत नगद लाभांश पनि वितरण गरेको थियो। संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य प्रेमनारायण न्यौपानेले स्वागत तथा सचिव गुरुदत्त शर्मा दवाडीले कार्यक्रम सञ्चालन गरेका थिए।

Posted by Butwalonline on 8:26 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उपकार बचत तथा ऋण सहकारी संस्थाको पााचौं साधारणसभा सम्पन्न"

Leave a reply