|

युएईमा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम हुने

यु ए ई दुबई गीतामणि पाण्डे -१८औ विश्व आदिवासी दिवस को उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासंघ युएईले आगामी २४ अगष्ट २०१२ को दिन युएईमा रहेका सम्पूर्ण कला तथा संस्कृति प्रेमीहरुको निम्ति प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ िविश्व आदिवासी दिवस प्रत्येक वर्ष अगष्ट ९ तारिक को दिन संसारभरका आदिवासीहरुले मनाउने भएता पनि युएइमा भने यस वर्ष इस्लामिक महान पर्व ईद समाप्त पश्चात यो कार्यक्रम आयोजना इम्पेरिअल सुइट्स होटेल बरदुबईमा गरिने भएको हो | युएइमा रहेका गित संगीत, नृत्य कला र हास्यव्यंग्य क्षेत्रमा महशुर मानिएका हस्तीहरुको भिडन्त हुने अनुमान गरिएको छ िउक्त कार्यक्रममा जम्मा छनौट गरिएका १० उत्कृष्ट प्रस्तुतिहरु रहने छन् जस मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरि ४ प्रस्तुतिलाई पुरस्कृत गरिने छ िविजयीहरुको छनौट २५५ निर्णायकबाट भने ७५५ उपस्थित दर्शक तथा श्रोता हरुको भोटको आधारमा गरिने छ साथै छनौट सम्पूर्ण सहभागी प्रस्तुतिहरु मध्ये लोक प्रियताको आधार एकमुष्ट रुपमा गरिने छ | यसको अतिरिक्त कार्यक्रममा विश्व आदिवासी दिवसको प्रसङ्ग, आदिवासी जनजातिहरुको हक अधिकारको सवाल, नेपालको वर्तमान परिस्थिति र जनजातिहरुको भूमिका आदि विषयमा युएइमा रहेका जनजाति अघुवाहरु द्वारा मन्तब्य व्यक्त गर्ने कार्यक्रम रहेको छ िसंयोजक डि। आर गुरुङ ले जानकारी गराउनु भए अनुसार कार्यक्रम इम्पेरिअल सुइट्स होटेल बरदुबई को पार्टी हलमा दिनको ठिक २ बजे देखि शुरु हुनेछ | युएईका गायन, नृत्य र हास्य व्यंग्य कलाका महसुर हस्तीहरुको भिडन्त हेरेर रमाइलो गर्न साथमा तपाइहरुले चाहनु भएको प्रिय कलाकारलाई आफ्नो अमुल्य भोट दिएर बिजयी बनाउन र जनजातिहरुको सवालमा नया नया जानकारी लिन कार्यक्रममा उपस्थित भई १८औ विश्व आदिवासी दिवसलाई भव्य रुपमा सफल बनाइदिन हुन युएइमा रहेका सम्पूर्ण नेपाली दाजुभई दिदीबहिनिहरुलाई नेपाल आदिवासी जनजाति महासंघ युएईले हार्दिक आव्हान गरेको छ | मिति स् २४ अगष्ट २०१२ समय स् दिन को ठिक २ बजे देखि स्थान स् इम्पेरिअल सुइट्स होटेल बरदुबई प्रवेश शुल्क स् दिराम ३०।०० र दिनर सहित प्रवेश शुल्क स् दिराम ५०।०० सम्पर्क स् गिरमान थापा ९ ०५५ ३९८५६०००, डि। आर गुरुङ ९०५५ ७७१२२५१०, महेश मोक्तान ९०५०७१६९१५२०, भोजराज घले ९ ०५५ ८१४६१०७०

Posted by Butwalonline on 12:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएईमा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम हुने"

Leave a reply