युवा दिवसको सन्द्रर्भमा बृहत सरसफाई कार्यक्रम
हेमराज भट्ट/नेपालगन्ज श्रावण ३० - बाँकेको नेपालगन्जमा आज बृहत सरसफाई गरिएको छ । युवा दिवसको सन्द्रर्भमा बाँकेमा क्रियाशिल संघ सस्थाहरु, राजनितिक दल तथा भातृ संगठनहरु, नेपाल प्रहरी, नेपाली सेना, ससत्र प्रहरी विभिन्न पेशा संग आवद्ध अधिकार कर्मी तथा सर्वसाधारणहरु गरि झण्डै २०० बढिको सक्रियतामा सरसफाई कार्यक्तम सम्पन्न भएको हो । बृहत सरसफाई कार्यक्रम नेपालगन्जको कारकादौं चौक देखि शुरु भएर भृकुटिनगरचौक सम्म सुर्खेत रोड वरीपरि रहेको प्लास्टीक तथा अन्य फोहोरहर उठाउने र व्यवस्थापन गर्ने काम गरेको छ । नेपालगन्जमा यति ठुलो सरसफाई कार्यक्रम भएको पहिलो पटक हो ।
सरसफाई कार्यक्रमका केही झलकहरु :
