स्वतन्त्र पत्रकार सङ्घ तनहूको निर्वाचन समिति गठन
पोखरा, ३० साउन। स्वतन्त्र पत्रकार सङ्घ नेपालको प्रथम तनहूा जिल्ला अधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ।
सङ्घका केन्द्रीय पार्षद् तथा अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिमा कमल पौडेल ‘अथक’ र ऋषि बराल सदस्य रहेका छन्।
सङ्घको म·लबार बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको थियो। सङ्घको तनहूा जिल्ला अधिवेशन भदौ २ गते हुादैछ।
अधिवेशनका लागि रमेश पौडेलको अध्यक्षतामा १७ सदस्यीय भेला आयोजक समिति गठन गरी तैयारीलाई तीव्र पारिएको छ। बैठकले सामाजिक पत्रकारिता पुरस्कारका संस्थापक लीलाभक्त आचार्यको रथारोहण तथा अभिनन्दन कार्यक्रम भव्य रुपमा सम्पन्न भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उनको सु–स्वास्थ तथा दीर्घायुको कामना पनि गरेको छ।
यसैगरी बैठकले सञ्चारकर्मी खडानन्द आचार्यलाई पितृशोक परेकोमा गहिरो दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।