|

दैलेखमा पहिलोपटक कृषि जेटीएको कक्षा संचालन

कृष्ण आचार्य,दैलेख,भाद्र ३०- दैलेखमा पहिलोपटक कृषि जेटीए कक्षा संचालन शुरु भएको छ । वसन्त उच्च माध्यमिक विद्यालय किमुगाउाले यो कक्षा सुरु गरेको हो । जिल्लामा प्राविधिक शिक्षाको निकै अभाव भएको बेला पहिलोपटक कृषि जेटीएको पढाई सुरु हुन थालेपछि दैलेख दुर्गमका विद्यार्थीहरुले समेत सदरमुकाममा सस्तो र सुलभमा यो शिक्षा प्राप्त गर्ने भएका छन् ।

पूर्व स्थानीय विकास राज्य मन्त्रि एवं सभासद गणेशबहादुर खड्काले विधिवत रुपमा उद्घाटन पश्चात आजबाट कृषि जेटीएको अध्यापन सुरु गरिएको छ । हाल ४० जना विद्यार्थीहरु भर्ना भएका छन् ।अध्यापनका लागि स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट प्राप्त रकमबाट भवन निर्माण गरिएको छ ।

Posted by Butwalonline on 8:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दैलेखमा पहिलोपटक कृषि जेटीएको कक्षा संचालन"

Leave a reply