क्षत्री समाजद्धारा १ घण्टा पाल्पा बन्द
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, भाद्र ३० भदौ
वर्तमान सरकारले दौरा सुरवाल, टोपीलाई नेपालको राष्ट्रिय पोषाकको रुपमा मान्यता नदिएको भन्दै क्षत्रि समाज नेपाल पाल्पाले एक घण्टा चक्काजाम गरेको छ ।
२०६२/६३ को जनआन्दोलन पश्चात राष्ट्रियतामाथि निरन्तर प्रहार हुादै आइरहेको भन्दै पून: राष्ट्रिय पोषाक घोषणा गर्न माग गर्दै तानसेन तम्घास/मिशन सडक खण्ड दिउासो १२ देखि १ बजेसम्म सडक अवरुद्ध गरेको हो । समाजले प्रेस विज्ञप्ती समेत प्रकाशित गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजका वरिष्ट उपाध्यक्ष डुलबहादुर कुवार र सचिव भोजबहादुर थापाद्धारा जारी गरिएको विज्ञप्तीमा २२ गते वर्तमान सरकारले गरेको राष्ट्रिय पोषाक सम्बन्धि निर्णय अविलम्ब फिर्ता गर्न माग गरिएको छ ।
राष्ट्रिय एकताका लागि पनि पोषाक कायम राख्नुपर्ने भन्दै सडकमा क्षत्रि समाजले विभिन्न नारा समेत लगाएको थियो । समाजले ७५ जिल्ला समरमुकाममा १ घण्टा चक्काजाम कार्यक्रम राखेको हो ।
