|

स्काउटको क्षेत्रीय गोष्ठी पाल्पामा सम्पन्न

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, भाद्र ३०

नेपाल स्काउट काठमाण्डौंको आयोजना र जिल्ला स्काउट कार्यालय पाल्पाको संयोजनमा पश्चिमाञ्चल क्षेत्रीय गोष्ठी सम्पन्न भएको छ ।

स्काउटको क्षेत्रस्तरीय रणनीति कार्यान्वयन तथा नेतृत्व विकास सम्बन्धि दुई दिने गोष्ठिमा विभिन्न जिल्लाका आयुक्त र स्काउटरहरुको सहभागिता रहेको थियो । दुई दिनसम्म चलेको गोष्ठीमा सहप्रमुख आयुक्त पुष्पलाल भट्टराई, शिवकुमार पौडेल, नेदरल्याण स्काउटकी विल्मा वेष्टरलुण्ड, निर्देशक गौतम अधिकारी, केशवप्रसाद वोहोरा लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी एवं प्रमुख अतिथि बिष्णुबहादुर द्धारेले विद्यार्थीमा अनुशासनको पाठ सिकाउन र नागरिकमा सहयोगको भावना जागृत गराउन पनि स्काउट आवश्यक रहेको बताए । कार्यक्रम पाल्पा जिल्ला आयुक्त पुष्करराज रेग्मी अध्यक्षता र भोजराज थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 8:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्काउटको क्षेत्रीय गोष्ठी पाल्पामा सम्पन्न"

Leave a reply