|

अहेव कार्यालय बाहिर मासिकाद्धारा स्वास्थ्य संस्था संचालन


माधव अर्याल
पाल्पा, श्रावण २७
      कोलडाँडा उपस्वाथ्यचौकीका प्रमुख नियमित गाउँमा नबस्दा मासिकाको भरमा सञ्चालन हुँदै आएको छ । यसले स्थानीयवासी पर्याप्त स्वास्थ्योपचारबाट वञ्चित भएका छन् । यहांँ कार्यरत मासिका विनिसरा दर्लामी आफू फिल्डमा नगएर उपस्वास्थ्यचौकी कार्यालय खोलेर बस्नुपरेको गुनासो गर्छिन् ।

कार्यरत सिनियर अहेब सायिन्द्रप्रकाश ज्ञवाली गाउँमा नियमित नबसेपछि मासिका दर्लामी उपस्वास्थ्य चौकी खोलेर बस्न बाध्य भएकी हुन् । अहेब ९अनमी० र पियन पदपूर्ति हुन नसक्दा स्थानीयवासी स्वास्थ्यसेवाबाट वञ्चित भएका हुन् । मासिकाबाट अनमी भएकी उनी तीनमहिने तालिमप्राप्त कार्यकर्ता हुन् ।

स्थानीय सुन्दर गाहाका अनुसार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रका कर्मचारीको चरम लापरबाहीले गाउँवासीले न्यूनतम स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको छ । ुज्ञवाली महिनामा दुईरचार दिन पनि बस्दैनन्,ु उनले भने, ुअनि गाउँलेले कसरी सेवा पाउने रुु स्थानीयका अनुसार गत असारदेखि पियन छैनन् । अर्का अहेबको पद पनि एक वर्षदेखि रिक्त छ । यसले उपचारका लागि आउने बिरामी र्फकन बाध्य छन् । पछिल्लो समयमा उपचारका लागि बिरामी उपस्वास्थ्य चौकी जानै छाडेका छन् । चौकी प्रमुख ज्ञवालीलाई स्थानीयले पटक(पटक कार्यालयमा नियमित बस्न आग्रह गरे पनि अटेर गरेको स्थानीय चित्रबहादुर चिदीले बताए ।

मासिकाको काम गाउँघर क्लिनिक सञ्चालन, खोप कार्यक्रममा गाउँ(गाउँमा हिँड्ने हो । तर, यहाँ कार्यरत मासिका (अनमी० भने कार्यालय कुरेर बस्नुपर्छ । यति मात्रै होइन, औषधिको माग फाराम भरेर जिल्ला जनस्वास्थ्य कार्यालयमा जाने पनि उनै हुन् ।

ुकार्यालय बन्द गरेर हिँड्न मिल्दैन,ु उनले भनिन्, ुखोप चलाउन र गाउँघर क्लिनिक सञ्चालन गर्न पनि पालो गरेर जानुपर्छ ।ु ज्ञवाली नियमित कार्यालयमा नबसेपछि सामान्य उपचार दिन मात्रै भए पनि कार्यालय कुरेर बस्नुपर्ने उनको गुनासो छ । उनले ज्वरो आएकालाई सिटामोल दिने र सामान्य घाउचोट लागेकालाई प्राथमिक उपचार दिनेभन्दा अरू काम केही गर्दिनन् । ुएन्टिबायोटिक औषधि मैले जोखिम मोलेर दिन सक्दिनँ,ु उनले भनिन्, ुसामान्य उपचार गर्छु ।ु

उनी आमा र बच्चाको स्वास्थ्यका साथै गर्भ परीक्षणका लागि खटिएकी कर्मचारी हुन् । तर, कार्यालयमा अरू कोही नभएपछि सबै काम उनले नै गरेकी छन् । १७ वर्षदेखि मासिका पदमा काम गरेकी उनी केही वर्षअघि मात्रै अनमीमा बढुवा भएकी हुन् । ुबढुवा भएकी छु तर पढेकी छैन,ु उनले भनिन् ।

म्याद गुज्रेका औषधि

यस उपस्वाथ्यचौकीमा सेवाग्राहीलाई दिन राखिएको टोकरीमा म्याद गुज्रेका औषधि भेटिएका छन् । कार्यालय प्रमुख सायिन्द्रप्रकाश ज्ञवाली नियमित नबस्ने भएपछि कुन औषधि ठीक र कुन बेठीक भन्ने समेत छुट्याएर नराखिएको हो । बालबालिकालाई निमोनिया हुँदा दिइने केयर प्रिम पिडी डिटी (कोट्रिमोक्साजोल डिसपिरिवल ट्याबलेट० नामक औषधि म्याद गुज्रेको भेटिएको हो । यो औषधिको एक्सपायर मिति जुन २०१२ लेखिएको छ । अन्य औषधि समेत लथालिङ्ग छन् । स्थानीय बासिन्दा रेमन आलेका अनुसार नियमित स्वास्थ्य प्रमुख नबस्ने र भएका औषधिको पनि मिति नहेरेकाले लापरबाही देखिएको हो ।

चिकित्सकका अनुसार म्याद गुज्रेको औषधिले शरीरलाई काम त गर्दैन तर कुनै कुनैले साइड इफेक्ट पनि गर्न सक्छ । लुम्बिनी मेडिकल कलेजका डाक्टर राजु शाक्यका अनुसार म्याद गुज्रेका औषधिले जुन कामका लागि प्रयोग गरिएको हुन्छ त्यो काम गर्न सक्दैन । जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर सन्तोष पौडेलले के(कस्तो अवस्था हो, बुझेर स्पष्टीकरण लिने बताए ।

Posted by Journalist Mukti on 12:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अहेव कार्यालय बाहिर मासिकाद्धारा स्वास्थ्य संस्था संचालन"

Leave a reply