|

बसको ठक्करबाट एक जनाको मृत्यु


काभ्रे असार ३० - काभ्रेमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बनेपा बुडोलमा बा २ ख ५८९२ नम्बरको बसको ठक्करबाट टेकराज भट्टराईको मृत्यु भएको हो । जिल्ला शिक्षा कार्यालय काभ्रेमा कार्यरत भट्टराईको मृत्यु भएपछि आक्रोसित स्थानियबासीले बसमा तोडफोड गरेका छन् ।

उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै अहिले अरिनिको राजमार्ग अवरुद्ध पारेका छन् । जसका कारण लामो तथा छोटो दुरीका सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् भने अचानक भएको बन्दले यात्रुहरु प्रभावित भएका छन् ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 6:47 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बसको ठक्करबाट एक जनाको मृत्यु"

Leave a reply