चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै स्थानीयद्वारा बिरोध प्रदशन
चितवन,असार ३०- चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै भरतपुर आँपटारीका स्थानीयले आज बिहानैदेखि आशा अस्पतालमा विरोध प्रर्दशन गरिरहेका छन्। आँपटारीकी बिरामी तारा रेग्मीको शुक्रबार साँझ उपचारका क्रममा चिकित्सकले गलत औषधी दिएकाले मृत्यु भएको आरोप लगाउदै स्थानीय प्रदर्शनमा उत्रेका हुन्।
पेट पोल्ने व्यथाले च्यापेपछि उनी आफन्तका साथा मोटरसाईलमा अस्पताल आईपुगेकी थिइन। साँझ चिकित्सकले पेट पोलेको हटाउन २ वटा पेनकिलर पाँच पाँच मिनेटको अन्तरालमा उनलाई खान दिएका थिए। तर एकघण्टा नबित्दै उनले रगत वान्ता गर्न थालेपछि उनी बेहोस भएकी थिइन। बेहोसीकै अवस्थामा उनको साँझ मृत्यु भएपनि अस्पतालले भने राति दशबजे मात्र मृत्यु भएकको घोषणा गरेको ससुरा कलाधर रेग्मीले दाबी गरे।
चिकित्सकले गलत औषधी दिएकै कारण आफ्नी बुहारीमो मृत्यु भएको आरोप उनले लगाए। दुईछोराकी आमा तारा शुक्रबार बिहानपनि पेटपोलेपछि सोही अस्पतलामा आएर तीनवटा सलाईन चढाएर फर्केकी थिइन। उनलाई अस्पतालका चिकित्सक केशवप्रसाद आचार्यले उपचार गरिरहेका थिए।
उनको मृत्युपछि उत्पन्न तनावका कारण अहिले अस्पतालक्षेत्र तनावग्रस्त बनेको छ। झडप र तोडफोडको अवस्था आएपछि अस्पताल परिसरमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ। तनाव साम्य पार्न प्रहरी प्रशासनको पहलमा अहिले अस्पताल प्रशासन र पीडित पक्षविच वार्ता चलिरहेको छ। पिडित पक्षले दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपुर्तीको माग गरेका छन्।
समाचार नागरिक न्यूज बाट
