|

युवाहरुका लागि नेतृत्व विकास तालीम सम्पन्न


हेमराज भट्ट/नेपालगन्ज असार २१ - युवाहरुका लागि नेतृत्व विकास तालीम बेलहरी गाविसमा आज सम्पन्न भएको छ । बागेश्वरी असल शासन क्लब (बास) को आयोजना तथा बेलहरी गाविसको सहयोगमा युवाहरुका लागि दुई दिने नेतृत्व विकास तालीम सम्पन्न भएको हो ।

बेलहरी गाबिसका युवाहरुको क्षमता अभिबृद्धि गरि असल नेतृत्वका बारेमा जानकारि गराउने उद्धेश्यले गाबिसका ४० बढि युवाहरुलाई यस्तो तालीम दिईएको हो । मधेशी समुदायको बाहुल्यता रहेको सो गाविसका सहभागी युवाहरुले आफुहरुका लागि  क्षमता अधिबृद्धिका प्रयाप्त कार्यक्रमहरुबाट बन्चीत रहेको बताएका छन् । आज सम्पन्न तालीमको समापन कार्यक्रममा बोल्दै सहभागी युवा धर्मेन्द्र कुमार बर्माले तालीमबाट समुह कसरी बनाउने, समुहमा बस्दाको फाईदा तथा युवाहरुले कस्तो नेतृत्व गर्ने भन्ने बिषयमा जानकारी पाएको र अब गाविसमा गाविस स्तरीय युवा क्लब गठन गरि सम्पूर्ण युवाहरु एकजुट भएर अगाडी बढ्ने बताए । यस्तै तालीमका अर्का सहभागी खेमेन्द्र कुमार बढहीले तालीम निकै उपलब्धी पूर्ण भएको र तालीमबाट सिकेको कुराहरुलाई व्यवहारमा लागुगर्ने प्रतिबद्धता जनाएका थिए ।

तालीममा सहभागी युवाहरु 
बेलहरी गाविस नजिकै रहेको श्री निम्न माध्यमिक बिद्यालय बिद्यालयको हलमा सम्पन्न दुई दिने तालीममा युवा नेतृत्व, नेतृत्व विकास, नेतृत्व किन, नेतृत्वका गुणहरु, जिबन उपयोगी सिपहरु, असल नेतृत्व, नेतृत्वका प्रकार, सुखीरहने उपायहरु लगायतका बिषयमा बास अध्यक्ष राजु लामिछाने, प्रबक्ता हेमराज भट्ट र रोसन अली अन्सारीले सहजीकरण गरेका थिए । असार २० र २१ गते चलेको तालीम पश्चात गाविमा युवा क्लब गठन गर्ने सहभागी युवाहरुले प्रतिबद्धता समेत जनाएका छन् ।



Posted by Butwalonline on 7:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युवाहरुका लागि नेतृत्व विकास तालीम सम्पन्न"

Leave a reply