फेसबुक स्टाटसमा आत्महत्या गर्ने जानकारीदिदै जापानमा एक नेपालीद्वारा आत्महत्या
टोक्यो,असार २१-संसारकै सवैभन्दा धेरै आत्महत्या हुने मुलुकका रुपमा चिनिने जापानमा पछिल्लो दिनमा नेपालीहरुले पनि आत्महत्या गर्नेक्रम बढेको छ ।
बिहीवार बिहान मात्रै जापानको साइतामा केनमामा एक नेपालीले आत्महत्या गरेका छन् । कुक भिसामा जापान आएर स्थायी बसोबासको अनुमति पाइसकेका बाग्लुङ मल्म ७, गल्कोटका ३४ बषिर्य विष्णु साहनीले आज बहिान आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्दा साहनीले अनौठो तरिका अपनाएका छन् । उनले बिहान ३ बजेतिर ‘यो मेरो अन्तिम फोटो हो’ भन्दै फेसबुकमा तस्वीर अपलोड गरेका थिए । बिहान फेसबुक स्टाटस देखेपछि साथीहरुले सोधी खोजी गरेका थिए । बिहान ९ बजे बिष्णुकी श्रीमतीले उनलाई बाथरुममा मृत अबस्थामा फेला परेको बताइएको छ ।
साहनीकी श्रीमती सँगै बस्दै आएकी थिइन् । बाथरुपममा उनैले पहिलोपटक बिष्णुको शव देखेकी थिइन् । उनकी ६ बषिर्य छोरी नेपालमै रहेको पारिवारिक स्रोतले जनाएको छ । सन् २००० मा जापान प्रवेश गरेका बिष्णु कुक भिषामा जापानको ओशाकामा काम गर्दै आएका थिए । उनी ६ महिना अघिमात्र साइतामा केनमा बसाई सरेका थिए । प्रहरीले घटनाको आवश्यक जानकारी लिइरहेको छ । के कारणले उनले आत्महत्या गर्न पुगे भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन् ।
अहिले साइतमाकेनको हिगासी तोक्रोजावा प्रहरीले शब जिम्मा लिएको जापानबाट सञ्चालित कम्युनिटी न्यूज पोर्टल टोक्यो नेपालले जनाएको छ । उनको दाहसँस्कर नेपालमै गरिने भएकोले मृतकको शवलाई नेपाल पठाउने तयारी भैरहेको नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापाले जानकारी दिनुभयो । पछिल्लो दिनमा नेपालीहरुले जापानमा आत्महत्या गर्ने क्रम बढेको छ । एक साता अघिमात्र अर्घाखांचीकी अमृता थापाले बाथरुममै पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
समाचार ऑनलाइन खबर बाट

