|

प्रेस रिलीज



नेपाल पत्रकार महासंघ


Federation of Nepali Journalists (FNJ)
       Complete Press Freedom for Peace and Democracy
जिल्ला शाखा, बाँके (Banke Branch)

 




                                                                                                                                     मिति :२०६९ जेठ ३०   
प्रेस नोट 



समाचारको विषयलाई लिएर नेपालगञ्जका पत्रकार जिएम यादवलाई टेलिफोनबाट धम्की दिने रक्षाराम यादवले माफी मागेका छन् । बााकेको नरैनापुरमा रहेको पशुसेवा उपकेन्द्र कार्यालय सहयोगीका रुपमा कार्यरत मटैहया—५ का यादवलाई प्रहरीले हिजो (सोमवार) पक्राउ गरेको थियो । प्रहरी हिरासतमा यादवले पत्रकारलाई धम्की दिएकोमा गल्ती स्वीकार गर्दै लिखित रुपमा माफी मागेका छन् ।

जिल्ला प्रहरी कार्यालय बााकेमा आज नेपाल पत्रकार महासंघ बाके शाखा अध्यक्ष शुक्रऋषि चोलागाईको नेतृत्वमा शाखा पदाधिकारी र प्रेस चौतारी बााकेका पदाधिकारीको सयुक्त रोहबरमा यादवले आगामी दिनमा यस्ता घटना नदोहोऱ्याउने लिखित प्रतिवद्धता जनाएपछि प्रहरीले आजै रिहा गरेको छ ।

राप्तीपारी बघौडा क्षेत्रमा अज्ञात रोगका कारण बाख्रा मरेको बिषयमा समाचार प्रकाशित भएपछि कार्यालय सहयोगी यादवले मोवाइलमार्फत पत्रकार यादवलाई धम्की दिएका हुन् । प्रहरीले अनुसन्धानपछि मोवाइल नम्बरका आधारमा व्यक्ति पहिचान गरेको हो ।






राकेश कुमार मिश्र 
सचिव 

Posted by Butwalonline on 5:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेस रिलीज"

Leave a reply