|

प्रेस रिलीज



        मिति: २०६९/०२/३० 
प्रेश बिज्ञप्ती

नेपालगञ्जमा बढ्दो गर्मिका कारण यहा जनताहरुले सास्ति भोगिरहेका छन् त्यसमाथि झ्याप्प, झ्याप्प बत्ति जाने कारण थप कष्ट भोगिरहेका छन् । यसको कारणका बारेमा जनता अनबिज्ञ छन् । सो अनबिज्ञता चिर्न र सहि सुचना प्रबाह गर्नका बागेश्वरी असल शासन क्लब (बास) ले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रमा बिभिन्न सुचना माग गर्दै आज निबेदन दर्ता गरेकोछ ।एक हप्ता भित्र सूचना उपलब्ध गराउन माग गर्दै बासका निर्देशक नमस्कार शाहले सो निबेदन दर्ता गरेका हुन् ।

 बासले निबेदन दर्ता गर्दै लोडसेडिंग नेपालगञ्जमा छ कि छैन ?, छ भने कहिले देखि ? छैन भने झ्याप्प, झ्याप्प बत्ति किन जान्छ ?, एक दिनमा कति घण्टा बत्ति जान्छ ? सो को सूचना उपभोत्तालाई अग्रिम किन दिईंदैन ?, यस्तो समस्या कहिले सम्म हो ? सो को सूचना मागेकोछ ।

त्यसैगरी बासले बिद्युतको सुचना अधिकृतको नाम माग्नुका साथै नागरिकहरुका गुनासो सुन्नका लागि गुनासो सुन्ने अधिकारी तोकिएको छ कि छैन ?, तोकिएको छैन भने किन तोकिएको छैन, तोकिएको छ भने नाम के हो ? गुनासो सुनुवाई कसरी गर्ने गरिएकोछ भन्दै जवाफ मागेकोछ ।त्यस्तै नागरिक बडापत्रको अवस्था, अध्यावधिक गरे, नगरेको अबस्था, नागरिक गुनासो पेटिकाको अबस्थाका बारेमा सूचना मागिएको निबेदनमा बिद्युतमा सोधपुछ गर्नका लागि वा गुनासो गर्नका लागि सम्पर्क गर्ने टेलिफोन नम्बर समेत मागिएकोछ ।

६ बुादे सुचना मागिएको सो निबेदनको अन्तमा उपभोक्तालाई थाहा भएका टेलिफोन नम्बरहरु ५२०२४२, ५२०२४३ लगाएतका नम्बरहरु बत्ति जाने बित्तिकै होल्डमा राखिने कारणले गर्दा व्यस्त हुने गरेको गुनासो आउने गरेकाले सो को सत्यता के हो ?, ति टेलिफोनहरु रिसिभ गर्ने कर्मचारीलाई कसरी बोल्ने, के बोल्ने भन्ने कुरा किन सिकाईंदैन सो को समेत सुचना मागिएकोछ । निबेदन दर्तासंगै तत्काल सूचना उपलब्ध गराउने जानकारी बिद्युतले बासलाई दिएकोछ ।


नमस्कार शाह
निर्देशक, बास, नेपालगञ्ज बााक

Posted by Butwalonline on 5:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेस रिलीज"

Leave a reply