सेते दमाई हत्याको दोषीलाई जन्मकैद
दैलेख, ३१ जेठ ।दैलेख जिल्ला अदालतले सेते दमाई हत्या घटनाका ओापीलाई जेल चलान गरेको छ ।
जिल्ला न्यायाधीश रामकृष्ण भट्टको एकल इजलासले दैलेखको तोली गाविस वडा नं. २ धनीका सेते दमाई हत्या घटनाका ९ जना दोषी मध्ये मुख्य योजनाकार बिन्दकला शाही समेत ३ जनालाई आजन्म २०–२० वर्षको जेल सजाय सुनाएको हो ।
मंगलबार गरेको फैसला अनुसार मुख्य योजनाकार बिन्दकला शाही, हत्या घटनामा खुकुरी प्रहार गर्ने जीवन शाही र कृष्ण खत्रीलाई २०–२० वर्ष जेल सजाय भएको छ ।
फैसला अनुसार हत्या घटनामा प्रत्यक्ष सघाएका नावालक सुभाष केसी र डिल्ली खत्रीलाई १०–१० वर्ष, हत्या घटनाको सूचना सम्वाहक बनेका सेते दमाईको हत्या अघि पनि पटक–पटक परिवारलाई आफैले कुटपीट गर्ने गरेका तुलबहादुर चन्द, गणेशबहादुर सिंह, मदनबहादुर शाहीलाई जनही ५–५ वर्ष जेल सजाय तोकिएको छ ।
सेते दमाईको परिवारलाई कुटपीट गर्ने काममा सहभागी भए पनि १४ वर्ष मुनिको नाबालक भएका कारण प्रेमबहादुर शाहीलाई चाहिं जम्मा अढाई वर्ष जेल सजाय दिने जिल्ला न्यायाधीश रामकृष्ण भट्टको फैसलामा भनिएको छ ।
अदालतको निर्णय सकरात्मक रहेको भन्दै पत्रकार तथा दलित अधिकार कर्मी विनोद पहाडीले अव दलितले न्याय प्राप्त गर्न सक्ने आधार वलियो भएको वताउनु भयो । अदालतको यो फैसलाले यस किसिमका घटनामा कमी आउने समेत दावी गर्नु भयो ।
गएको साउन २८ गते सेते दमाईको कान्छो छोरा सन्तबहादुर दमाईले बिन्दकला शाहीको भतिजी राजकुमारी शाहीसंग अन्तरजातीय विवाह गरेको विषयलाई लिएर बिन्दकला शाहीको उक्सावटमा हतियार सहित गएको समूहले घरमै पुगेर भदौ १३ गते खुकुरी प्रहार गरी हत्या गरेको थियो ।
यस अघि महिला वालवालिका समिती अन्तर्गत विनोद पहाडी रहेको छुवाछुत तथाजातीय भेदभाव समस्यया समाधान गर्न गठित उपसमितीले दैलेखको यो घटनालाई अध्ययन गरि पीडित सेते दमाईको परिवारलाई दशलाख क्षतिपूर्ति र विवाहित जोडीलाई अन्तरजातीय विवाह प्रोत्साहन रकम तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको थियो