|

दुई माओवादीको झडपमा गोली चल्यो संस्थापन पक्षका दुईजना गम्भिर घाइते

चितवन,असार १६- एकीकृत नेकपा माओवादी र नव गठीत नेकपा- माओवादीका कार्यकर्ताबीच पार्टी कार्यालयमा कब्जा जमाउने विषयमा शनिबार भएको दोहोरो झडपमा गोली चलेको छ। गोली लाग्दा संस्थापन पक्षका दुईजना गम्भिर घाइते भएका छन्। झडपसँगै भएको कुटाकुटमा दुव पक्षका एकदर्जन बढी घाइते भएका छन्।


गोली लाग्नेमा संस्थापन पक्षका उत्तम गुरुङ र सूर्य तामाङ छन्। पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुबैको तिघ्रामा गोली लागेको संस्थापनका जिल्ला सह-इन्चार्ज घनश्याम दाहालले बताए । गम्भिर अवस्थामा रहेका उनीहरुलाई वैद्य पक्षले हानेको गोली लागेको दाबी संस्थापन पक्षले गरेको छ।चितवन प्रहरीले पनि गोली लागेको पुष्टी गरेको छ। गोली लागेका दुबै घाईतेको शनिबार नै अप्रेशन गरिएको प्रहरी प्रमुख भुपालकुमार भण्डारीले जानकारी दिए। तर गोली कसले चलाएको र कहाँबाट झडपमा गोली चल्यो पत्ता नलागेको चितवन प्रहरीले जनाएको छ।


एकीकृत नेकपा माओवादी र नव गठित नेकपा- माओवादीका कार्यकर्ताबीच पार्टी कार्यालयमा कब्जा जमाउने विषयमा शनिबार झडपसँगै कुटाकुट हुँदा एकदर्जन बढी घाइते भएका छन्। दुवै माओवादीले पार्टी कार्यालयको मिटिंग हलमा कार्यक्रम आयोजना गर्ने विषयमा विवाद बढ्दै गएपछि दुबै पक्षले राखेको पार्टीको बोर्ड फालाफालसँगै झडप भएको थियो।संस्थापनले शनिबार पार्टीकार्यालयमा ३२ जनबर्गिय संगठनको भेला राखेको थियो भने वैद्य पक्षले शनिबारै मजदुर भेला आयोजना गरेको थियो।


गत १३ गते संस्थापनले पार्टी कार्यालयमा जनवर्गिय संगठनको भेला घोषणा गरेलगत्तै वैद्यपक्षले १४ गते पत्रकार सम्मेलन गरी मजदुर भेलाको घोषणा गरेको थियो। पार्टी फुटेदेखिनै पार्टी कार्यालयको विषयमा पटकपटक चितवनका नेता कार्यकर्ताबीच विवाद हुँदै आएको थियो।


सोही विवादले चर्को रुप लिएपछि दुवै कार्यकर्ताहरु सांघातिक कुटाकुट सहितको झडप भएको हो। विवादकै क्रममा संस्थापनले नयाँ पार्टीको बोर्ड निकाल्न खोज्दा वैद्य पक्ष आक्रमणमा उत्रिएको थियो। झडपमा दुवैतर्फ गरी एक दर्जन बढी घाईते भएका छन्। घाइते हुनेहरुमा एमाओवादी तर्फ रामध्वज डल्लाकोटी, नारायण आचार्य, शंकर महत्तो, उत्तम गुरुङ सूर्य तामाङ लगायत घाईते छन्।


। दाहालले भने, ‘पहिल्यै दुईचारजना मार्ने प्रयास थियो आज कोशिश गरे । हामी उनीहरुले जस्तो गर्दैनौ कानुनी रुपमा जान्छौ।' आफूहरुले कार्यक्रम घोषणा गरेको कार्यालयमा झडपकै उदेश्यले वैद्य पक्षले पनि कार्यक्रम गरेको आरोप उनले लगाए।
पार्टी कार्यालय जहिले पनि संस्थापन पक्षको रहने भन्दै उनले आफुहरुले राखेको पार्टीको बोर्ड हटाउन खोजेपछि झडप भएको बताए।

झडपमा वैद्यपक्षका प्रमेश तिमिल्सीना, लालसिंह थिंङ, मधुर नेपाल, सविता नेपाली, वर्षा सापकोटा, मोदराज न्यौपाने, नरिन तामाङ, राममणी थपलिया, पोषकान्त चापागाईं, मसिनी बम्जन लगायत घाइते छन् । घाइतेहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भैरहेको छ। पार्टी कार्यालय पहिल्यैदेखि आफूहरुले स्याहार गरेकाले नछाड्ने वैद्यपक्षका केन्द्रिय सदस्य अनिल शर्माले बताए।

‘प्रचण्डका भाई नारायण दाहाल र चित्रबहादुर श्रेष्ठले गुण्डा लगाएर आक्रमण गरेका हुन' , उनले भने, ‘पार्टी कार्यालयबाट भगाउन खोज्ने प्रयासको प्रतिकार मात्र गरेका हौं। 'पार्टी कार्यालयको झडप पछि दुबैपक्षका कार्यकर्ताले पटकपटक एकअर्का माथिआक्रमण गरेका थिए। वैद्य पक्षले बाटो र कार्यालय वरपर संस्थापनका जो भेटिन्छ लखेट्दै कुट्दै गरेका थिए।। नयाँ माओवादीका कार्यकर्ताहरु लाठी र चिर्पट वोकेर प्रदर्शनमा उत्रिएका थिए। झडपका क्रममा आधादर्जन मोटरसाईकलमा समेत तोडफोड भएको थियो। झडप रोक्न प्रहरीले तीनदर्जन बढीलाई नियन्त्रणमा लिएको थियो।

झडप पछि प्रहरीले पार्टी कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । थप झडपको आशंकामा कृष्णपुर क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ। यसअघि संस्थापनले नयाँ पार्टीकालाई कार्यालय छाड्न चेतावनी दिदै पार्टी कार्यालयका कोठाहरुमा तालबन्दी गरेको थियो।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 5:51 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुई माओवादीको झडपमा गोली चल्यो संस्थापन पक्षका दुईजना गम्भिर घाइते"

Leave a reply