|

स्काई ईन्टरनेशनल कलेज बुटवलद्वारा एकदिने गोष्ठि सम्पन्न


बुटवल,१६ असार । स्काई ईन्टरनेशनल कलेज बुटवलले शैक्षिक उन्नती र सामाजीक रुपान्तरण सकरात्मक सोध र खोज बिषयमा एक दिने गोष्ठि बुटवलमा सम्पन्न गरेकोछ । मानिसहरुमा सकरात्मक सोचको विकास भएमा मात्र शैक्षिक उन्नती हुने भन्दै कलेजले गोष्ठिको आयोजना गरेको जनाएको छ ।

विभिन्न कलेज,बैंकका प्रमुख, विद्यार्थी,अभिभावक सहित सामाजिक ब्यक्तिहरुको सहभागितामा गरिएको गोष्ठिमा शैक्षिक उन्नतीका लागि सकरात्मक सोचका साथमा नया प्रविधिलाई प्रयोग गर्नुपर्नेमा जोड दिईएको थियो । कार्यक्रममा बोल्दै एप्रीसेटिभ लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजमेन्टका अध्यक्ष डा. चण्डी प्रसाद चापागाईले भौतीक विकाससंगै नैतिक विकासको जरुरी रहेको बताउनुभयो । उहाले शिक्षाको गुणस्तर बृद्धिमा पनि सकरात्मक सोचनै ज्यादै महत्व रहेको बताउनुभयो । सो अवसरमा कलेजका प्रबन्धक निर्देशक गोपाल घिमिरेले आफुहरुले पश्चिम नेपालमै  पहिलो पटक आधुनिक उपकरणको प्रयोगगरि सेवा दिएको दावीगर्नुभयो । यसैगरि कलेजका मल्लिका घिमिरले सिक्कम मनिपाल यूनिभसिटीको बारेमा जानकारी दिनुभएकोथियो । कार्यक्रमको संचालनक देविका रोकाले गर्नुभएको थियो । यसअघि स्काईले शुक्रबार भैरहवामा यहि बिषयमा गोष्ठि गरेको कलेजका कार्यक्रम संयोजक मेघराज नेपालीले बताउनुभयो ।

Posted by Butwalonline on 5:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्काई ईन्टरनेशनल कलेज बुटवलद्वारा एकदिने गोष्ठि सम्पन्न"

Leave a reply