|

विवाहिता महिलासँग जबर्जस्ती यौनसम्बन्ध राख्ने एक युवक पक्राउ


कञ्चनपुर असार १६- कञ्चनपुर झलारीकी तीस वर्षीया विवाहिता महिलासँग जबर्जस्ती यौनसम्बन्ध राख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । झलारी-२, जुडाका गोविन्द महरलाई पीडित महिलाको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

श्रीमान घरमा नभएको मौका छोप्दै महरले पीडित महिलालाई डराइधम्क्याई यौन शोषण गर्दै आएका थिए । कसैलाई खबर गरे मारिदिने धम्की दिएर दुई वर्षदेखि महरले यौन शोषण गर्दै आएको पीडित महिलाले बताइन् । शुक्रबार ती महिलाले जबर्जस्ती गर्न खोज्ने महरको  प्रतिकार गरेपछि छिमेकीहरूले थाहा पाएका थिए ।    छिमेकीहरूले पीडक महरलाई कुटपिट गर्दै इलाका प्रहरी कार्यालय झलारीमा बुझाएका थिए । पीडित महिलाले महरले बलात्कार गरेको भन्दै इप्रकामा उजुरी गरेपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा पठाइएको छ ।

महरले महिलामाथि जबर्जस्ती गर्नेक्रममा कपडा च्यातचूत पार्नुका साथै कुटपिटसमेत गरेका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक देवदत्त पन्तले महरले बयानका क्रममा दुई वर्षदेखि उक्त महिलासँग यौनसम्बन्ध रहेको स्वीकार गरेको बताएका छन् ।पीडित महिलाले भने महरले पटक पटक गरी चार पटकसम्म डराइधम्क्याई आफूसँग जवरर्जस्ती यौन शोषण गरेको बताएकी छिन् । स्थानीय बासिन्दाका अनुसार महरले महिलालाई तर्साउन केही दिनअघि उनको घरमा आगजनीसमेत गरेका थिए ।  रासस
समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 5:59 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विवाहिता महिलासँग जबर्जस्ती यौनसम्बन्ध राख्ने एक युवक पक्राउ"

Leave a reply