सकुम्बासीहरुद्वारा बुधबार उपत्यका बन्दको आहृवान
काठमाडौं,वैशाख २६- सरकारले बल प्रयोग गरी घर टहरा भत्काएपछि बाग्मती नदी किनारमा बस्दै आएका सकुम्बासीहरुले बुधबार उपत्यका बन्द आहृवान गरेका छन् ।सुकुम्बासीहरुको तर्फबाट संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले मंगलबार पत्रकार सम्मेलन गरी उपत्यका बन्द लगायतको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सुकुम्बासीको बैकल्पिक व्यबस्था नगरी बस्तीमा डोजर लगाई उठिवास गरिने काम निन्दनिय भएको भन्दै मोर्चाले वैकल्पिक ब्यवस्थाको माग गरेको छ ।
घोषित आन्दोलनका कार्यक्रम मंगलबार साँझ राजधानीमा मसाल जुलुस प्रदर्शन गर्ने र बुधबार उपत्यका बन्द गर्ने लगायत रहेका छन् । संगठनले बिना बिकल्प सुकुम्बासीहरु बस्तीमा डोजर लगाउन रोक्नुपर्ने, भत्काइएका सुकुम्बासी बस्तीमा बसोबास गरिरहेका सम्पूर्ण सुकुम्बासीहरुको क्षतिपूर्ति सहित स्थायी बिकल्पको व्यबस्था गर्नुपर्ने तथा बार्ता र संबादको माध्यमबाट समस्या समाधान गर्न समेत सरकारसंग माग गरेको छ ।
समाचार ओंलाइन खबर बाट