बल प्रयोग नगरी हटेन सुकुम्बासी बस्ती
काठमाडौ, वैशाख २६ - सरकारले बागमती किनारको जग्गा कब्जा गरेर बसेको सुकुम्वासी वस्ती मंगलबार बल प्रयोग गरेर खाली गराएको छ । थापाथलीस्थित बागमती पुल नजिकै प्रसुति गृह पछाडि युएन पार्कको जग्गा खाली गराउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सशस्त्र र जनपथ प्रहरी तथा महानगरपालिकाका सुरक्षाकर्मी वस्ती खाली गराउन खटिएका थिए ।
तस्बिरहरु: प्रकाश तिमिल्सेना र सन्जोग मानन्धर/ईकान्तिपुर