प्रधानन्त्री डा बाबुराम भट्टराईद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन
काठमाण्डौ
वैशाख
२४-कास्कीको सेती नदीमा आएको बाढीका कारण प्रभावितहरुलाई भेट्न प्रधानन्त्री डा बाबुराम भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विजयकुरमा गच्छादार पोखरा जानु भएको छ । उहाँहरुले अहिले हेलिकेप्टर मार्फत बाढी प्रभावित क्षेत्रको अवलोकन गरिरहनुभएको छ ।
बाढीमा परी ज्यान गुमाएका मृतकका आफन्त तथा प्रभावितहरुलाई भेटेर सरकारले गर्ने सहमयोगका बारेमा प्रधानन्त्री भट्टराईले पोखराका सरोकारवाला निकायलाई निर्देशन दिने तथा आवश्यक छलफल गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिजन यादवले जानकारी दिनुभयो । शनिबार बिहान अकस्मात आएको सेती नदीको बाढीमा परी कम्तिमा १४ जनाको ज्यान गएको छ भने अझै ५० जना भन्दा बढि बेपत्ता भएको प्रहरीले जनाएको छ । उक्त बाढी प्रभावित स्थानमा विहान देखि उद्दार कार्यजारी राखेको प्रहरीले जनाएको छ ।
समाचार ओंनलाइन खबर