आज दशौं दिन पनि सुदूरपश्चिम बन्द यथावत
धनगढी, वैशाख २४ - राजधानीमा बन्द फिर्ता भएको हल्ला चलेपनि आज दशौं दिन सुदूरपश्चिम बन्द यथावत रहेको छ। यातायात तथा बजार १० औं दिन पनि ठप्प छ। अखण्ड सुदूर पश्चिम संघर्ष समिति धनगढी संयोजक गोपाल देउवाले आन्दोलन जारी भएको बताएका छन्।
आज बिहानैदेखि बन्दकर्ताहरु सक्रिय रहेको उनले बताए। एकिकृत नेकपा माओवादीले राज्य पुनर्संरचनामा राखेको १० प्रदेशको प्रस्तावविरुद्ध १० दिन देखि सुदूर पश्चिम आन्दोलित छ। आन्दोलनका कारण सुदूर पहाडी जिल्लामा खाद्यान्न तथा औंषधिकोसमेत अभाव हुन थालेको छ। यातायात ठप्प हुँदा जनजीवन अस्तव्यस्त बनेको छ।
समाचार ओंनलाइन खबर