एकै दिनमा ८ लिटर कोक पिउँदा ठहरै
मान्छेले सित्तैमा पाएपछि अलकत्रा पनि खान्छ भन्ने उखानै छ हामीकहाँ । किनेर खानुपर्ने कुरा सित्तैमा पाएपछि धेरै मान्छे आफ्नो स्वास्थ्यलाई ध्यानै नदिइ धमाधम हसुर्छन् । तर कहिलेकाहीँ किनैर खाएको चिज आवश्यकता भन्दा बढि खाइयो भनेपनि त्यसले नराम्रो असर गर्छ । यस्तै भएको छ न्युजिल्याण्डमा । त्यहाँकी एक महिला दिनमा ८ लिटर कोकाकोला खाएपछि ठहरै भएकी छिन् ।
८ वटा बच्चाकी आमा समेत रहेकी ३० वर्षीया नतासा ह्यारिसको अत्यधिक कोकाकोला पिउने बानी थियो । उनले एकै दिनमा ८ लिटर अर्थात् १८ पिन्टसम्म कोक रित्याउँथिन् । अत्यधिक कोक खाएपछि उनलाई त्यसले असर गर्यो र नराम्ररी बिरामी परिन् । आखिर त्यहीँ बिमारीले उनको इहलिला समाप्त पार्यो ।
नतासाका पति क्रिस्टोफरले आफ्नी श्रीमती पछिल्लो ७-८ वर्षदेखि कोकाकोलाको लतमा फसेको बताए । सुरुमा आफुलाई कोकाकोलाका कारण श्रीमती बिरामी परेको पत्यारै नलागेको भएपनि कलेजोको परिक्षण गराउँदा कोकाकोलाकै कारण कलेजो निकै खराब भएको पाइएको उनको भनाइ छ । तर कोकाकोला कम्पनीका प्रबन्ध निर्देशकले भने कोकाकोलाका कारण ती महिलाको ज्यान गएको भन्ने दाबी झुटो रहेको जिकिर गरेका छन् ।
साभार ऑन्लाइन खबर