मन्त्रिपरिषद् भोलि विस्तार गर्ने सहमति
वैशाख २२ -राष्ट्रिय सहमतिको सरकार गठन प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको प्रमुख तीन दल र मधेसी मोर्चाबीचको बैठकले शनिबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ ।
एमालेको केन्द्रीय समितिको बैठक भइरहेकाले मन्त्रीहरुको नाम छान्न नसकेको उल्लेख गर्ने नेता माधवकुमार नेपालले शनिबार साँझसम्ममा सहमतिको सरकार बन्ने जानकारी दिएका हुन् ।
दलहरुले शनिबार साँझसम्ममा सहमतीय सरकारका लागि मन्त्रीहरुको नाम पठाउने बैठकमा प्रतिबद्धता जनाएको बताइएको छ । बिहीबार मध्य रातमा माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाबीच दुई दिनभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो ।
समाचार कांतिपुर दैनिक बाट