|

नेपाली जनसंम्पर्क समिति युएई अन्तर्गत अबुधाबी क्षेत्रिय समितिको रिक्त पद परिपूर्ति


भुपराज बस्याल, नेपाली जनसंम्पर्क समिति युएई अन्तर्गत अबुधाबी क्षेत्रिय समितिको बैठक सो समितिका सभापति कृष्ण गौतमको सभापतित्वमा सम्पन्न भएको थियो भने सन्चालन सचिब भिम केसिले गर्नु भएको थियो |उक्त कार्यक्रममा समितिका केन्द्रिय सभापति चित्र बहादुर केसिलाई प्रमुख अतिथिको रुपमा हुनुहुनथियो भने सहमहामन्त्री चन्द्र सारु मगर बिशेष अतिथिमा रहनु भएको थियो |समितिले समितिमा रिक्त रहेको पद्पुर्ती समेत गरी १९ सदस्यी कार्यसमिति गठन गरी समितिलाई पूर्णता समेत दिएको थियो |
समितिमा सभापति कृष्ण गौतम,उपाध्यक्ष ३-नारायन थापा,दिनेशबिक्रम शाह,बिर्देस राजबम्सी सचिब भिम केसी सहसचिब मोहन योगी,कोषाध्यक्ष सोम बहादुर थापा मगर र समितिका अन्य सदस्य=राजु अर्याल,राधा केसी,बसन्ती सारु मगर,प्रबिन कार्की,तुल्सी थापा,दिपक महत,सविना लामा,टक तमाङ,शेरु कार्की,अमर शेरपुर्जा,बिजेन्द्र शाक्य,मछिन्द्र राइ,प्रिथिबी बहादुर राउत रहनु भएको छ |

समितिका नवनियुक्ती पदाधिकारी तथा सदस्य हरुलाई केन्द्रिय सभापति केसिले धन्यवाद दिनुको साथै सफल कार्यकालको समेत शुभकामना ब्यक्त गर्नु भएको थियो |

उक्त समारोहमा नेपालमा भएको समसामायिक बिषयबस्तुको बारेमा समेत चर्चा गरिएको थियो र नेपालमा माओवादीले संबिधान बन्न नदिने खेल गरिराखेको र जातीजाती बिचमा भिडन्त बनाइ आफ्नो अभिस्ट पुरा गर्न लागि परेकोले यसबारेमा हामी प्रबासमा भएका सम्पूर्ण नेपाली हरु जातिय सद्भाब खल्बल पुराउने कुनै पनि गतिबिधिमा नलागि हाम्रो प्रमुख माग भनेको नेपालमा सान्ती प्रकृया टुङ्गोमा पुराइ सबै नेपाली एक मात्रभएर बस्न पाउनु पर्छ र हाम्रो एक मात्र जात भनेको नेपाली नै हो भनेर सबै सहभागीको एक मत थियो |हिजो नेपाली जनतालाई झुटो र पुरा गर्न नसक्ने आश्वासन बाढेर माओवादीले देसलाई असफल राष्ट्र बनाउन तिर लागि परेको,उसको गलत र ब्यक्तिगत स्वार्थ पुरा हुन नदिन प्रबास तथा नेपालमा भएका सम्पूर्ण नेपाली जनता सजग हुनु पर्दछ भन्ने कुरामा सभापति केसिले जोड दिनु भएको थियो |नेपालमा नेपाली कांग्रेसको कुनै अर्को पार्टीको बिकल्प हुन नसक्ने र नेपाली कांग्रेसले आफ्नो कार्यकर्तालाई परेको पिर मर्का सुन्नु पर्ने र कार्यकर्ताको भाबना अनुसार पार्टीलाई सन्चालन गरे नेपाली कांग्रेस कहिले पनि जनता बाट टाढा नरहने सहभागी हरुले बताएका थिय |

हामी जुन सुकै जाती धर्म,रितिरिवाज मान्ने भए पनि अन्तिममा हाम्रो प्रमुख पहिचाहन भनेको नेपाली नै हुनुपर्छ भन्दै सभापति केसिले यदी हामी धनी र आर्थिक हिसाबले सम्पन्न भयौ भने हाम्रो पहिचान अटोमेटिक रुपले सबै बिदेसी हरुले समेत स्विकार्ने बताउनु भयो |हामीलाई नाम मात्रको जातिय राज्य होइन सबै जातजातिलाई हक-अधिकार चाहिएको हो,जातजाती र दलितहरुको हक र अधिकारको लागि २००७ साल देखि अहिले सम्म नेपाली कांग्रेस सबै समुदायको अधिकार सुनिस्चित गर्न लागि परेको छ |नेपाली कांग्रेसलाई संघइयता  बिरोधी भनेर चित्रण गर्न खोजिएकोमा सबै सहभागीहरुको तिब्र असन्तुस्टी रहेको थियो |

Posted by Butwalonline on 5:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली जनसंम्पर्क समिति युएई अन्तर्गत अबुधाबी क्षेत्रिय समितिको रिक्त पद परिपूर्ति"

Leave a reply