|

जनजातिको चरणवद्ध आन्दोलन घोषणा जेठ ७ गतेदेखि तीन दिनसम्म आमहडताल


काठमाडौ, वैशाख २७ - जातीय पहिचानको आधारमा राज्यको पनुःसंरचना हुनुपर्ने माग दोहोर्‍याउँदै आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आमहडतालको घोषणा गरेको छ । समितिले आउँदो जेठ ७ गतेदेखि तीन दिनसम्म आमहडतालको घोषणा गरेको हो ।
यसअघि नेपाल आदिवासी जनजाति महासंघले घोषणा गरेको नेपालबन्द भने स्थगित गरेको  जनाएको छ । सर्वपक्षीय मतका आधारमा आमहडतालको घोषण गरेको महासंघका महासचिव आङकाजी शेर्पाले बताए । अधुरो अपुरो संविधान जारी गर्न नपाइने, हिमाल, पहाड, तराईसहितको प्रादेशिक संघीयता नचाहिने, जातीय स्वशासन र आत्मनिर्णयको अधिकार सुनिश्चित हुनुपर्ने, तोकिएकै समयमा नयाँ संविधान जारी हुनुपर्ने, संकटकाल लगाएर संविधानसभाको म्याद थप गर्न नपाइनेलगायतका माग विज्ञप्तिमा छ ।
समाचार कांतिपुर बाट 

Posted by Butwalonline on 5:34 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनजातिको चरणवद्ध आन्दोलन घोषणा जेठ ७ गतेदेखि तीन दिनसम्म आमहडताल"

Leave a reply