|

प्रगतिशील यातायात मजदुर मंच युएईले मजदुर दिवस मनायो


सुर्य मणी ज्ञावाली दुबई,वैशाख २७ - ,"संसारका मजदुर एक हौ "मई दिवसलाई हामी उत्सवकै रुपमा मनाउछौँ । दैनिकी गुजारा सगै  जीवनको उत्सर्ग गर्ने सम्पूर्ण श्रमजीवी वर्गको वलिदानी संघर्ष सँग जोडिएको हुन्छ । यी विषयहरुमा हामीहरुले हरेक वर्ष जे जसरी हुन्छ यस दिनलाई महान दिनका रुपमा मनाउने गरेका छौँ । गत शुक्रबार युएईमा रहेको प्रगतिशील यातायात मजदुर मंचले एक अन्तरक्रिया कार्यक्रम साथै १२३औ मजदुर दिवसको आयोजना गरेको थियो । 

रोजगारीको अबसरमा प्रबासमा मजदुर दिवसको यो चर्चा किन त ? श्रमजीवी वर्गको वलिदानी संघर्षसँग जोडिएको हुदा कहिँ पनि हाम्रो महान मई दिवसको गौरव–गाथा,विश्वमा सीमित संख्यामा रहेका हुनेखानेहरुले विशाल संख्यामा रहेका श्रमिकहरु माथि थोपरेको अत्याचारको विरोधसँग गासिएको छ । यी विषयहरुमा हामीहरुले हरेक वर्ष चर्चा गर्ने गरेका छौँ । संबिधान निर्माणको अन्तिम अबस्तामा मजदुर संगठनहरुले उठाएका सामाजिक सुरक्षाप्रणालीले यो वर्ष थोरै भएपनि व्यावहारिक रुप पाएको छ आसा छ नयाँ बन्ने संबिधानमा मजदुर हक हितका आवज समेटिने छन ।

खाडीका देशहरुमा खुला रुपमा मजदुर दिबस मनाउन नसकेता पनि प्रगतिशील यातायात मजदुरले सामान्यता मजदुरकै तरीका अपनाई यस दिबस मानएको छ। युएईमा रहेका यातायात मजदुरहरुलाई कतिसम्म सहयोग गर्न सकिएको छ भन्ने बिषय बस्तुबाट अन्तरक्रिया कार्यक्रम सुरु गरिएको थियो  । शम्भु कुमार वाईबाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा युएईबाट भर्खरै तालिम प्राप्त सुर्य मणी ज्ञावाली,केशब राज ज्ञावाली,निमकान्त पाण्डेलाई सम्मान गर्दै मजदुरका हक हितमा निस्पक्ष समाचार लेख्न आग्रह गरिएको थियो । राजनीति सत्ता परिवर्तनको गोलचक्करमै रूमल्लिइ रह्यो भने मजदुर संगठनहरुले आफ्नो हक हित हासिल गर्न गाह्रो हुने हुदा अखिल नेपाल ट्रेड युनियन महासंघले उठाएको सिर्जनाबाद फुटबादको भण्डाफोर गरौ मजदुर पक्षीय संबिधान निर्माणको लागी संघर्ष गरौ भन्ने मजदुर एकतालाई भब्य रुपमा मनाउने कार्यक्रमको प्रबास देखी पूर्ण समर्थन गर्दै यहा रहेको दुताबासमा ज्ञापन पत्र दिने योजना बनएकोछ  ।  रोजगारीमा रहेका श्रमिकले तिरेको शुल्क तथा तिनका रोगजारदाताको योगदानमाथि राज्यको पनि योगदान थपी सिर्जना गरिएको कोषबाट,बिदेशमा रोजगारी गर्न बाध्य भएका मजदुरहरुका उचित किसिमको बिमा,शिक्षा,स्वास्थ्य,बेरोजगार भत्तासहितको सुविधाबाट श्रमजीवी वर्गलाई सामाजिक संरक्षण प्रदान गर्न नयाँ संबिधानमा लेख्न मजदुर सवासदहरुलाई आग्रह गरिएको छ ।

नेपाली जनप्रगतिशील मंच युएईका उपाध्यक्ष दिपक बोहोरा,केन्दीय सदस्य रमेस गिरी तथा जनप्रगतिशील मंच कतारका भूपु .सचिब लक्षमण खनाल'संकल्प'को उपस्थिति रहेको उक्त कार्यक्रममा मजदुर मंच का उपाध्यक्ष दोंय रामकुमार रिजाल र बाबुराम बिकले मजदुरहरुका समस्या समाधान गर्न सधै आबाज उठाउने पर्तिबध्यता जनाउनु भयो  । युएईमा रहेका संघ सस्थाहरुमा मजदुरको पर्ति निधि रहेकोले सबैले मजदुरका समस्या उठाउन पर्ने र सबै संग सहकार्य गर्दै जानु पर्ने र मन्चमा समाबेस हुन आउनु भएका यातायात मजदुरलाई स्वागत् गरिएको थियो  । यस संगठन अखिल नेपाल यातायात मजदुरले पूर्ण सहयोग गरेको आउदा दिनहरुमा अप्ठारो परिस्थितिमा सहयोग गर्ने प्रतिबद्धता केन्द्रिय अध्यक्ष जगत सिम्खडाले जनाउनु भएको अध्यक्ष वाईबाले सबैलाई जानकारी गर्नु भएको थियो  । सबारी चालकको निधन हुदा अबुधाबीमा भोग्नु परेको समस्या र त्यहाका चालक साथीहरुले लगभग ७५०० दिराम उठाई साथीहरुले ठुलो सहयोग गर्नु भएको कोषाध्यक्ष बलबहादुर बिकले जानकारी गराउनु भएको थियो । प्रबास देखी मजदुरहरुको समस्या कलम मार्फत लेख्दै आउनु भएका मजदुर मंचका महासचिब निमकान्त पाण्डेले कार्यक्रममा मजदुर मंचले सक्रियता  बढाउनु पर्नेमा जोड दिनुभएको थियो  । आफ्नो पेसालाई मुख्य सम्झदै देश अनुसारको कानुनमा रही मजदुरहरु एक आपसमा मिलेर सहयोग आदन प्रदान गर्न सकिएको खण्डमा हामी बिचका समस्याहरु हामीले नै समाधान गर्न सकिन्छ भन्ने बिषयमा मुख्य क्षलफल केन्द्रित गरिएको थियो ।

Posted by Anonymous on 6:37 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रगतिशील यातायात मजदुर मंच युएईले मजदुर दिवस मनायो"

Leave a reply