|

नेपाली जनसंपर्क समिति युएईको बैठक सम्पन्न

युएई,वैशाख २३-नेपाली जनसंम्पर्क समिति युएईको मिति २०१२-मइ ४ तारिखका दिन आज्मानमा समितिका सभापति श्री चित्र बहादुर केसिको सभापतित्वमा बसेको बैठकले समितिको बिबिध बिषयमा छलफल गर्नुका साथै समितिमा रिक्त हुन आएको पद्पुर्ती समेत गरेको थियो |जस अनुसार समितिमा,सह्महामन्त्री श्री तुल्सी बिमली नेपाल जानु भएकोले उहाको रिक्त स्थानमा समितिका केन्द्रिय सदस्य श्री चन्द्र बिक्रम सारु मगरलाई सहमहामन्त्रिमा चयन गरिएको छ भने अर्को केन्द्रिय सदस्य सेष राज पौडेल रोज्गारिको सिल्सिलामा क्यानाडा जानु भएकोले उहाको रिक्त स्थानमा देवी दत्त सुबेदिलाई केन्द्रिय सदस्यमा चयन गरी समितिलाई पूर्णता दिईएको छ |

साथै समितिले आकास्मिक कुनै मीटिङ अथवा निर्णय गर्नु पर्ने भएमा समितिका सम्पूर्ण पदाधिकारी रहने गरी केन्द्रिय सदस्य बिमल तामाङ र दान बहादुर जिसी रहने गरी एक समिति समेत गठन गरिएको छ|त्यो समितिमा समितिका ५ वटै क्षेत्रिय समितिका सभापतिलाई आमन्त्रित सदस्यका रुपमा मनोनित गरिएको छ|त्यसै गरी त्रिलोचन गौतमको सयोजक्त्वमा आज्मान  क्षेत्रिय समिति गठन गरिएको छ भने सारजाह क्षेत्रिय समितिमा रिक्त हुन आएको उपसभापती पदमा पितम पाण्डेलाई चयन् गरिएको छ भने समितिको सदस्यमा अम्बिका बस्याल लाई राखिएको छ |


समितिको गतिबिधीलाई चुस्त र कृयासिल बनाउने बिसयमा पनि छलफल भएको र आज्मान समितिको गठन सगै ५ वटा क्षेत्रिय समिति २ उपसमिति बिस्तार भईसकेको र आगामी दिनमा पनि अन्य बाँकी २ क्षेत्रमा पनि छिट्टै समिति गठन हुने जानकारी सभापति केसिले दिनु भयो|समितिको मिटिङ्मा अबुधाबिमा तिजको अबसर पारेर तिज कार्यक्रम गर्ने भन्ने अनौपचारिक छलफल समेत गरिएको थियो |समितिको छलफलमा केन्दिय समितिका पदाधिकारी सदस्यहरु लगायत ५वटै क्षेत्रिय सभापति हरुको समेत उपस्थिति रहेको थियो |

Posted by Butwalonline on 5:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली जनसंपर्क समिति युएईको बैठक सम्पन्न"

Leave a reply