|

११ जना मन्त्रीहरुको मन्त्री पदको शपथ ग्रहण केही बेरमै

वैशाख २३- आज राति ९ बजे ११ जना मन्त्रीहरुले राजनीतिक सहमतिको सरकारमा मन्त्री पदको शपथ ग्रहण गर्दैछन्। शपथ ग्रहण गर्नेहरु माओवादीका पाँच, मधेसी मोर्चाका चार र कांग्रेसका दुई जना छन्। प्रधानमन्त्रीका स्वकीय सचवि विश्वदीप पाण्डेले दिएको जानकारी अनुसार माओवादीबाट नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोग्टी, वर्षमान पुन, टोपबहादुर रायमाझी र दीनानाथ शर्माले शपथ खाँदैछन्।

त्यस्तै कांग्रेसका कृष्णप्रसाद सिटौला र सूर्यमान गुरुङ शपथ खाँदैछन्। मोर्चाबाट विजयकुमार गच्छदार, हृदयेश त्रिपाठी, महेन्द्र यादव र राजकिशोर यादवले शपथ खाँदैछन्। मोर्चाका मन्त्रीहरुले पूरानै मन्त्रालय सम्हाल्नेछन्।स्वास्थ्यमन्त्री राजेन्द्र महतो भने आफ्नो दल सद्भावना पार्टोको अधिवेशनमा जनकपुर व्यस्त रहेकाले भोलिमात्र शपथ ग्रहण गर्नेछन्।शपथग्रहण लगत्तै मन्त्रीहरु सिंहदरबार जानेछन् र तत्कालै मन्त्रिपरिषद्को बैठक बस्नेछन्।
ससमाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 5:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "११ जना मन्त्रीहरुको मन्त्री पदको शपथ ग्रहण केही बेरमै"

Leave a reply