हिमपहिरोपछि आएको बाढीबाट मर्नेको सङ्ख्या १३ पुग्यो
पोखरा, वैशाख २३- कास्कीको माछापुच्छ्रे गाविसस्थित अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको भीषण बाढीले बगाएर एक विदेशीसहित मर्नेको सङ्ख्या १३ पुगेको छ। घटनास्थलमा उद्दारका लागि पुगेका रेडक्रसका वरिष्ठ अधिकृत खेमराज सापकोटाले मृतकको सङ्ख्या बढ्न सक्ने बताए।
आज बिहान ९ बजेतिर खसेको हिम पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुगेको प्रहरीले प्रारम्भिक विवरण दिएको छ।
स्रोत :नागरिक न्यूज
