|

श्रीमतीले ताबाले हान्दा श्रीमान ठहरै


श्रीमती रिसाइन् भने डाडु पन्युको झटारो फाल्छन् भन्ने किस्साहरु नेपाली जनजिवनमा प्रसस्तै सुन्न पाइन्छ ।
तर स्वास्नीको रिसको पारो तात्यो भने डाडु पन्यु मात्र होइन रोटी पकाउने ताबाले समेत हिर्काउन पछि पर्दिनन् भन्ने कुरा एक घटनाले पुष्टि गरेको छ ।
रुसमा एक महिलाले ताबाले टाउकोमा हिर्काएर आफ्नै लोग्नेको हत्या गरेबाट घरझगडामा महिलाले प्रयोग गर्ने हतियारको प्रकारमा बढोत्तरी भएको प्रमाणित भएको हो । 
समाचार एजेन्सी आरआइए नोवोस्तीका अनुसार घटना पश्चिमी रुसको युराल्स क्षेत्रस्थित ओरेनबर्ग सहरमा भएको हो ।
प्रहरीका अनुसार ती महिलाको ताबा प्रहारबाट ५० वर्षीय पतिको टाउकोमा गम्भिर चोट लागेको थियो । गम्भिर अवस्थामा उपचारका लागि अस्पतालमा भर्ना भएका उनको इहलिला अर्को दिनमै समाप्त भयो ।
नाम नखुलाइएकी ३६ वर्षकी ती महिलाले आफुले झगडाको दौरान रिसको झोँकमा लोग्नेलाई ताबाले हिर्काएको स्विकारेकी छिन् ।
लोग्नेको हत्या गर्ने ती महिलालाई १५ वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ ।
साभार:ओनलाइन खबर

Posted by Butwalonline on 6:01 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "श्रीमतीले ताबाले हान्दा श्रीमान ठहरै"

Leave a reply