|

आदिबासी जनजातिको सम्मेलनमा सहभागी हुनआएका एक वृद्धको मृत्यु


कास्की, वैशाख १७ - तमुवान आदिबासी जनजातिको सम्मेलनमा सहभागी हुन लमजुङदेखि पोखरा आएका एक वृद्धको आइतबार बसको ठक्करबाट मृत्यु भएको छ ।
सम्मेलनको क्रममा र्‍यालीमा हिँडेका लमजुङ बाझाखेतका ८४ वर्षीय टीकाराम तामाङको मुत्यु भएको हो । पोखरा रंगशाला नजिकैको चाइना पुलमा  ना४ख २१०८ नम्बरको माइक्रोबसले ठक्कर दिँदा घाइते भएका तामाङको मणिपाल अस्पतालमा उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ । उनी लमजुङ तामाङ घेदुङबाट प्रतिनिधित्व गर्दै सम्मेलनमा आएका हुन् ।
टाउको पछाडि भागमा गभीर चोट लागेपछि गण्डकी मेडिकल कलेजमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो । ठक्कर दिने माइक्रोबस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
समाचार कांतिपुर दैनिक बाट

Posted by Butwalonline on 6:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आदिबासी जनजातिको सम्मेलनमा सहभागी हुनआएका एक वृद्धको मृत्यु"

Leave a reply