|

कक्षा १२को परिक्षा केन्द्रमा प्रहरी र विद्यार्थीबीच झडप

बाग्लुङ, वैशाख १७- आज बिहान सात बजेबाट सुरु हुने उच्च मावि अन्तरगत कक्षा १२को परिक्षामा जिल्लाको उत्तरगंगा उच्च मावि बुर्तिवाङ परिक्षा केन्द्रमा आठ बजेसम्मपनि सुरु भएको छैन। 
परीक्षा केन्द्रमा प्रवेश गर्दा प्रहरीले विद्यार्थीको चेकजाँच गरेपछि प्रहरी र विद्यार्थीबीच झडप भएपछि परीक्षा सुरु हुन नसकेको हो। शिक्षकले गेटमा बसेर चेकजाँच गर्नुपर्नेमा प्रहरीले विद्यार्थीको शरीरमा खानतलासी गरेपछि दुई पक्षबीच झडप भएपछि परीक्षा सुरु नभएको स्थानीय जनता बोर्डिङका सहायक प्रिन्सिपल रामलाल सुवेदी बताए। आज अनिवार्य अंग्रेजीको परिक्षा हुँदैछ।
सो केन्द्रमा भिमगिठे उच्च मावि , बुर्तिवाङ उच्च मावि ,देविस्थान उच्च मावि, प्रभा उच्च मावि बोहोरागाउँ, शिवालय उच्च मावि अधिकारीका विद्यार्थीले परीक्षा दिँदै थिए। विद्यार्थीले चिट चोर्न पाउनु पर्ने अडान लिएकोले परीक्षा ढिला भएको जिल्ला प्रहरी कार्यालय,बाग्लुङका सूचना अधिकृत सैलेन्द्र खड्काले बताए। बाग्लुङका अन्य परिक्षा केन्द्रमा भने परिक्षा बिहान ७ बजेबाट शानितपूर्ण रुपमा संचालन भैरहेको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 6:33 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कक्षा १२को परिक्षा केन्द्रमा प्रहरी र विद्यार्थीबीच झडप"

Leave a reply