सुदूरपश्चिममा आन्दोलन चर्किदै, तेस्रो दिन पनि बन्द
धनगढी, वैशाख १८- अखण्ड सुदुरपश्चिमको माग राख्दै गरिएको अनिश्चितकालीन हामह्डतालको तेस्रो दिन आइतबार यस क्षेत्रको जनजीवन ठप्प बनेको छ। आइतबार धनगढीमा सरकारी कार्यालयसमेत बन्द गरिएका छन्। रिक्सा चल्नसमेत दिइएको छैन। बिहानैदेखि प्रदर्शनकारी हात-हातमा डण्डा बोकेर प्रदर्शनमा उत्रेका छन्। प्रदर्शनमा १३-१४ वर्षका किशोरको पनि सहभागिता थियो। चलिरहेका मोटरसाइकलका साँचो थुतेर लग्ने गरेका छन्।शनिबार राति पुर्णागिरीबाट फर्किरहेका यात्रुवाहक गाडीमाथि अत्तरियामा प्रदर्शनकारी ढुंगामुढासमेत गरेका छन्। ढुंगामुढाबाट केही गाडीका सिसामा क्षति पुगेको प्रहरीले जनाएको छ।
आइतवार कोणशभालाई सम्बोधन गर्दै नेपाली काग्रेस डोटीका सभापती वीरबहादुर बलायरले अखण्ड सुदूरपश्चिम राज्यका लागी यस क्षेत्रका वासिन्दा कात्रो टाउकोमा वेरेर सडकमा उत्रिसकेको बताए।काठमाण्डौमा वस्ने राजनीतिक दलले सुदुरपश्चिमका वासिन्दाको भावना नबझुको भन्दै उनले आक्रोश पोखे। आन्दोलनमा युवाको सक्रिय सहभागिताले आन्दोलन सफल भएरै छाड्ने उनको भनाई थियो।यसै गरि लोकतान्त्रिक परिवेशका अध्यक्ष गणेश बमले अखण्ड सुदुरपश्चिमको माग पुरा गराउनका लागी हतियार उठाउनु पर्ने अबश्था आएपनि तयार रहेको बताएका थिए।यो क्षेत्रमा अखण्ड सुदुरपश्चिमको माग राख्दै सुरु गरिएको आन्दोलन चर्कदै गइरहेकेा छ भने सर्वसधारणको जनजिवन कष्टकर बन्दै गएको छ।
पुर्णागिरीबाट घर फर्किरहेका बेला बसमा बसेका ३ जना महिला घाइते भएकी छन्। बौनिया घर भएकी बसन्धुरा हमाल ढुंगाप्रहारवाट गंभिर घाइते भएका छन। उनको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ।प्रदर्शनकारीले बिहानै देखि बन्द गराएकाले बजार पुर्ण रुपमा बन्द रहेको छ। शिक्षणसंस्था, यातायात पुर्ण रुपमा बन्द छ। सरकारी कार्यालय पनि बन्द रहेका छन। परिक्षा भने संचालन हुन दिएका छन।बन्दका कारण यस क्षेत्रको जनजिवन कष्ठकर बनेको छ।प्रदर्शनकारीले बिहानै देखि कैलालीको धनगढी,अत्तरिया, टीकापुर लागयतका ठाउँमा प्रदर्शन गरेका थिए।आन्दोलन चर्कदै गएको कारण सुरक्षा ब्यवस्था कडा पारिएको कैलालीका प्रहरी उपरिक्षक वसन्त पन्तले बताए।तीन दिनको बन्दले भारतका बिभिन्न ठाउँवाट घरजान आएका यात्रु अलपत्र परेका छन।
आइतवार कोणशभालाई सम्बोधन गर्दै नेपाली काग्रेस डोटीका सभापती वीरबहादुर बलायरले अखण्ड सुदूरपश्चिम राज्यका लागी यस क्षेत्रका वासिन्दा कात्रो टाउकोमा वेरेर सडकमा उत्रिसकेको बताए।काठमाण्डौमा वस्ने राजनीतिक दलले सुदुरपश्चिमका वासिन्दाको भावना नबझुको भन्दै उनले आक्रोश पोखे। आन्दोलनमा युवाको सक्रिय सहभागिताले आन्दोलन सफल भएरै छाड्ने उनको भनाई थियो।यसै गरि लोकतान्त्रिक परिवेशका अध्यक्ष गणेश बमले अखण्ड सुदुरपश्चिमको माग पुरा गराउनका लागी हतियार उठाउनु पर्ने अबश्था आएपनि तयार रहेको बताएका थिए।यो क्षेत्रमा अखण्ड सुदुरपश्चिमको माग राख्दै सुरु गरिएको आन्दोलन चर्कदै गइरहेकेा छ भने सर्वसधारणको जनजिवन कष्टकर बन्दै गएको छ।
स्रोत :नागरिक न्यूज
