|

जूट मिलमा आगलागी ३ करोड रुपियाँभन्दा बढीको क्षति

विराटनगर, वैशाख १६- हात्तीमुढा गाविस-६ स्थित स्वस्तिक जूट मिलमा आगलागी हुँदा ३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ। आगलागीबाट ३ वटा ठूला मेसिन ध्वस्त भएका छन् भने एउटामा क्षति पुगेको छ। पौने ३ बजे लागेको आगो सशस्त्र र नेपाल प्रहरीको सहयोगमा केही समयअघि मात्र नियन्त्रणमा आएको छ।
विराटनगर, धरान, इटहरी र इनरुवाबाट आएका चार वटा दमकलको मद्दतले आगो निभाइएको थियो। उद्योगले जम्मा पारेर राखेको सवा लाख लिटर पानीका कारण आगो निभाउन सजिलो भएको मोरङ प्रहरी प्रवक्त डिएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

दमकल आगो लागेको एक घन्टापछि मात्र आएकाले नियन्त्रणमा आउन ढिलाई भएको उद्योगले जनाएको छ। २०५८ सालमा स्थापना भएको यो मिल रमेश राठीले सञ्चालन गर्दै आएका छन्। चलिरहेको मेसिनबाट एक्कासि बिजुली सर्ट भएपछि आगलागी भएको थियो।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 5:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जूट मिलमा आगलागी ३ करोड रुपियाँभन्दा बढीको क्षति"

Leave a reply