मधेसी मोर्चासहित प्रमुख तीन राजनीतिक दलको बैठक निष्कर्ष बिहीन
काठमाडौं, वैशाख १६ - संघीयता र शासकीय स्वरुपमा सहमति गर्न बसेको मधेसी मोर्चासहित प्रमुख तीन राजनीतिक दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । आजै (शनिबार) बिहानको बैठकमा सहमति नजिक पुगेको दाबी गरे पनि नेताहरुले पुनः बसेको बैठकमा कुनै सहमित जुटाउन सकेनन् ।
कांग्रेसले आफूले प्रस्तुत गरेको ७ प्रदेशमा अडान राखेको छ भने माओवादी १० प्रदेशमा नै केन्द्रित छ । एमालेले पनि ७ प्रदेशभन्दा माथि हुन नहुने अडान राख्दै आएको छ । बैठक स्थलबाट बाहिरिँदै कांग्रेस महामन्त्री कृष्ण सिटौलाले पार्टीमा आन्तिरक छलफल गरेर पुनः भोलि बिहान सहमतिको प्रयास गरिने बताए ।
समाचार कांतिपुर दैनिक बाट
