|

आज चैते दशै मनाइदै,बागेश्वरि मन्दिरमा श्रद्धालु भत्तजनहरुको घुइचो

नेपालगन्ज,चैत १८-आज चैते दशैं र रामनवमी पर्व मनाईंदैछ । दुर्गा भवानीको पूजाआराधना गरी चैतेदशैं पर्व मनाईने गरिन्छ ।दशैको अवसरमा नेपालगन्जको प्रसिद्ध बागेश्वरि मन्दिरमा श्रद्धालु भत्तजनहरुको घुइचो लागेको छ । बााके बर्दिया , दाङ , सुर्खेत लगाएतका नेपालका विभीन्न ठाउाहरु र छिमेकी देश भारतको बहराइच , श्रावबस्ती , निहिपुर्वा लगाएतका स्थानहरु बाट बागेश्वरि मन्दिरमा पुजापाठ गर्न भत्तजनहरु आउने गरेकाछन् । आज बिहान ३ बजे देखि नै भत्तजनहरु लाइनमा बसेर पुजापाठ गरिरहेका छन् । नेपालगञ्जको घरबारी टोल देखि लाइनमा बसिरहेका करिब ३ हजार बढि भत्तजनहरु मन्दिर भित्र प्रबेशका लागि २ वटा मात्र गेट खुल्ला भएकाले आफुहरुलाई समस्या भएको बताउाछन् । मन्दिरमा खसि , बोका , कुखुरा राागा आदीको बलि दिने गरिन्छ । नेपालको एक मात्र जुङगे महादेवको मन्दिर रहेको बागेश्वरि मन्दिरमा आजको दिन पुजापाठ गरि भाकल गरेमा मनले सोचेको पुरा हुने मन्दिरका प्रमुख पुजारी योगी चन्दननाथले बताउनुभयो । भत्तजनहरुको सुरक्षालाई ध्यानमा राखि सुरक्षा ब्यवस्था समेत कडा पारिएको बााकेका प्रहरी प्रमुख बिक्रम सिहं थापाले जानकारी दिनुभएको छ । मन्दिरमा हुन सक्ने चोरी डकैतीलाई ध्यानमा राखि भत्तजनहरुको सुरक्षा र सहजताका लागि ३० जना प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख थापाले बताउनुभयो । तिथिको घटबढले गर्दा रामनवमी पनि आजै परेको छ । राम नवमीको अवसरमा आज देशभर भगवान रामको पूजाअर्चना गरिादै छ । आज जनकपुरधामा विशेष मेला लाग्ने गर्दछ । राम जानकीको दर्शन गर्न श्रद्धालु भक्तजनहरूको बिहानैदेखि भीड लागिसकेको छ ।

Posted by Butwalonline on 7:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज चैते दशै मनाइदै,बागेश्वरि मन्दिरमा श्रद्धालु भत्तजनहरुको घुइचो"

Leave a reply